• २०८१ बैशाख १३ बिहीबार

डेडलाइन डे : डिबाला युभेन्टसमै बस्ने, लुकाकु पुगे इन्टरमिलान

kharibot

काठमाडौँ । प्रिमियर लिगको खेलाडी ट्रान्सफरको डेडलाइन डेको अन्तिम समयमा केहि खेलाडी ट्रान्सफर भएपनि केहि चर्चित ट्रान्सफर हुने सम्भावना सकिएको छ ।

अहिलेसम्मको सम्झौता अनुसार म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकुले युनाइटेड छोडेर इटालियन क्लब इन्टर मिलान गएका छन् । भने उनले आजै मेडिकल गर्ने र केहि समयमा आधिकारिक घोषणा हुने बताइएको छ । लुकाकुलाई इन्टरमिलानले ७४ मिलियन युरोमा साइन गरेको छ ।

त्यस्तै अर्जेन्टिनी चर्चित खेलाडी पाउलो डिबाला म्यानचेस्टर युनाइटेड र टोटनह्यामको प्रयासका बीच यस सिजन युभेन्टसमै बस्ने भएका छन् । युनाइटेडसँग युभेन्टसको कुरा मिलेको भएपनि डिबालासँग कुरा नमिल्दा युनाइटेड पछि हटेको थियो भने टोटनह्यामसँग लगभग सहमति भइसकेको अवस्थामा युभेन्टसले यस सिजन डिबालालाई नबेच्ने भन्दै पछि हटेपछि टोटनह्यामको प्रयास असफल भएको थियो ।

त्यस्तै ब्राजिलका डिफेन्डर डेविड लुइसले चेल्सी छोडेर आर्सनल गएका छन् भने म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी डिफेन्डर मार्कोस रोजो प्रिमियर लिग क्लब एभर्टन जाने तय भएको बताइएको छ । त्यस्तै क्रोसियाका खेलाडी मारियो मण्डजुकिकको म्यानचेस्टर युनाइटेड आउने सम्भावना पनि सकिएको बताइएको छ ।

त्यस्तै टोटनह्यामले अन्डर २१ लेफ्ट ब्याक रायन सेस्सेगनोनलाई फुल्ह्यामबाट भित्र्याएको छ । त्यस्तै चर्चित ब्राजिलियनखेलाडी नेइमारलाई साइन गर्न बार्सिलोना असफल भएपछि उनलाई रियल म्याड्रिडले अफर गरेको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । नेइमारलाई रियलले सय मिलियन र लुका मोड्रीचलाई दिने अफर गरेको बताइएको छ । तर यस बारेमा पिएसजीले र नेइमारले कुनै प्रतिक्रिया दिएको रिपोर्ट सार्वजनिक भएको छैन ।                                                                       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै