• २०८१ बैशाख ७ शुक्रबार

सन्दीपको टोरन्टो बाहिरियो, विन्निपेग इलिमिनेटरमा

kharibot

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० लिगमा विन्निपेग ह्वक्स इलिमिनेटरमा पुगेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा विन्निपेगले दक् वर्थ लुइस नियमका आधारमा टोरोन्टोलाई २ रनले पराजित गर्दै प्रतियोगिताको इलिमिनेटरमा पुगेको हो । टोरोन्टोले दिएको २३९ रनको लक्ष्य पछाएको विन्नीपेगले १७.१ ओभरमा ५ विकेट गुमाउदै २०१ रन बनाउदा खराब लाइटका कारण खेल रोकिए पछि खेलको निर्णय डक वर्थ लुइस नियमबाट भएको थियो ।

विन्नीपेगका लागि जेपी डुमिनीले अविजित ८५ रन बनाएका थिए भने सन्नी सोहेलले ३६, क्रिस लियोनले २१ रयाद एमरिटले १५ बलमा ३३ रन बनाएका थिए ।

टोरन्टोका बलर सन्दीप लामिछानेले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३४ रन दिएर २ विकेट लिएका थिए । सन्दीपले यस अघि खेलेका खेलमा कुल तीन विकेट सहित प्रतियोगितामा ४ खेलमा ५ विकेट लिए ।   

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको टोरोन्टोले २० ओभरमा ५ विकेट गुमाउदै २३८ रन बनाएको थियो । टोरोन्टोका लागि हेइनरिच क्लासेनले आक्रामक ब्याटिंग गर्दै ४९ बलमा १०६ रन बनाएका थिए । क्लासेनले आफ्नो शतकीय पारीमा ११ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै रोड्रीगो थोमसले ४० बलमा ७३ रन बनाएका थिए । टोरोन्टोका चिराग सुरी १६, युवराज सिंह ८, केरन पोलार्ड १२ रन बनाएर आउट भएका थिए ।

विन्नीपेगका मोहमद इरफान र कालीम सानाले २-२ विकेट लिए । यस खेलमा विन्नीपेगले नेपली बलर सोमपाल कामीलाई खेलाएको थिएन ।

त्यस्तै गएराती भएको पहिलो क्वालिफायर खेलमा भन्कोवर नाइटले ब्रम्पटनलाई ७७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्यस्तै अब दोस्रो क्वालिफायरमा विन्नीपेग ह्वक्स र ब्रम्पटन वोल्भ्स खेल्ने छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै