सडक डिभिजन प्रमुख नौ लाख घुससहित पक्राउ

खरीबोट

कास्की । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ ।

अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको पुष्टि गरे ।

सडक कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै निवासमा निर्माण व्यवसायी ऋषि आचार्यसँग रकम बुझ्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियार स्रोतले बताएको छ । प्रमुख दाहालले पक्राउ परेको पुष्टि गरे पनि रकम भने यकिन हुन बाँकी रहेको बताए ।

उनले भने, “अख्तियार टोलीले सडक कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरेको सत्य हो । अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा सार्वजनिक गर्न मिल्दैन ।” 

सम्बन्धित समाचार

वन अधिकृत घुससहित पक्राउ

बर्दिया(बाँसगढि) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बाँसगढी वन सब डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत अनिलकुमार गुप्तालाई घुससहित पक्राउ गरेको छ ।  अख्तियारको बुटवलको टोलीले सेवाग्राहीसँग १० हजार घुस लिँदै

मनमैजु मालपोतका कार्यालय सहयोगी र जग्गा कारोबारी घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी कान्छा भण्डारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार कार्यालय सहयोगी भण्डारी र जग्गा कारोवारी ईश्वर केसीले बैंक

मालपोत अधिकृत घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले अधिकृत कुवँरलाई ५९ हजार घुससहित मंगलबार पक्राउ गरेको हो ।

बनेपा नगरपालिकाका सव-इन्जिनियर घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिकाका स्व इन्जिनियर आकाश श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर आकाश श्रेष्ठले २०७२ सालको महाभूकम्पले पूर्ण क्षति


z