• २०८१ बैशाख ८ शनिबार

प्रिमियर लिगका उत्कृष्ट खेलाडी ट्रान्सफर, कसले कसलाई ल्याए ?

kharibot

काठमाडौँ । प्रिमियर लिगको खेलाडी ट्रान्सफरको डेडलाइन सकिएको छ । डेडलाइन डेमा ठुलो ट्रान्सफर भने हुन् सकेन ।

यस पटक म्यानचेस्टर युनाइटेड खेलाडी ट्रान्सफरमा धेरै चुकेको देखिएको छ । युनाइटेडले नत पोग्वाको समस्या समाधान गर्न सक्यो नत रोमेलु लुकाकुलाई नै रोक्न सक्यो । उसले लुकाकुको ठाउमा नयाँ खेलाडी समेत भित्र्याउन नसकेको आरोप युनाइटेडका फ्यानले लगाइरहेका छन् । पाउलो डिबाला र ब्रुनो फेर्नानडेजलाई भित्र्याउन नसकेकोमा पनि युनाइटेडको आलोचना भएको छ ।     

त्यस्तै यस पटक सबै भन्दा बढी खेलाडी ट्रान्सफरमा सफल आर्सनल, म्यानचेस्टर सिटी र एभर्टन देखिएका छन् । उनीहरुले राम्रा खेलाडी भित्र्याएका छन् ।

यस सिजनमा प्रिमियर लिग क्लबले भित्राएका केहि महत्वपूर्ण र ठुला ट्रान्सफर बारे चर्चा गरौ ।

१.    आर्सनलले आइभरी कोष्टका २४ बर्षिय निकोलस पेपलाई ८० मिलियन युरो खर्च गरेर भित्र्याएको छ । फ्रेन्च क्लब लिलेबाट राम्रो खेलाडीलाई ल्याएको बह्न्दै आर्सनलको तारिफ समेत भएको छ । उनले गत सिजनमा लिग वानमा २२ गोल गरेका थिए भने ११ गोल असिस्ट समेत गरेका थिए । उनी यस सिजनको प्रिमियर लिगको उत्कृष्ट ट्रान्सफरमा परेका छन् ।

२.    टोटनह्यामले फ्रान्सका २२ बर्षिय मिडफिल्डर टाङगाय एनडोमबेलेलाई ६० मिलियन युरो खर्च गरेर ल्याएको छ । फ्रेन्च लिग वान क्लब लियोनबाट आएका टाङगायमाथि टोटोनह्यामको राम्रो लगानीको रुपमा लिइएको छ । उनले टोटनह्यामबाट डेभ्यु गर्दै युभेन्टसविरुद्धको खेलमा एक गोल असिस्ट समेत गरेका छन् ।

३.    यस सिजनमा प्रिमियर लिगमा तेस्रो उत्कृष्ट ट्रान्सफरको रुपमा एभर्टनले भित्र्याएका इटालियन युवा खेलाडी मोइस कीनको ट्रान्सफरलाई लिइएको छ । इटालियन फुटबलमा छोटो समयमा राम्रो छाप छोड्न सफल १९ बर्षिय कीनलाई एभर्टनले साढे २७ मिलियन युरोमा किनेको हो । इटालीको राष्ट्रिय टिमबाट समेत डेभ्यु गरिसकेका कीनले गत सिजनमा युभेन्टसका लागि ४ गोल गरेका थिए ।

४.    त्यस्तै यस सिजनको चौथो राम्रो खेलाडी ट्रान्सफरको रुपमा म्यानचेस्टर युनाइटेडले भित्र्याएका ह्यारी मग्युरेको ट्रान्सफरलाई लिइएको छ । २६ बर्षिय ह्यारीलाई युनाइटेडले ८६ मिलियन युरो कह्र्च गरेर भित्र्याएको छ । ह्यारीलाई धेरै रकममा किनेको भन्दै युनाइटेडको आलोचना भइरहेको भएपनि उनीमाथिको लगानी सुरक्षित रहेको फुटबल विश्लेषकहरुले बताएका छन् ।

५.    त्यस्तै पोर्चुगलका जोआओ कान्सेलोलाई भित्र्याएको म्यान्चेस्टर सिटीको यो ट्रान्सफरलाई पनि राम्रो ट्रान्सफरको रुपमा लिइएको छ । कान्सेलोलाई सिटीले ६५ मिलियन खर्च गरेको भए पनि ब्राजिलियन खेलाडी डानीलोसँगको ट्रान्सफरमा युभेन्टसबाट ल्याएको हो ।

यी बाहेक यस प्रि-सिजन खेलाडी ट्रान्सफरमा म्यानचेस्टर सिटीले ७० मिलियनमा एथलेटिकोबाट ल्याएको रोड्री, म्यानचेस्टर युनाइटेडले ५५ मिलियन युरो तिरेर क्रिस्टल प्यालेसबाट ल्याएको एरोन वान-बिस्साका, आर्सनलले रियल म्याड्रिडबाट लोनमा ल्याएको डानी केबल्लोस, टोटनह्यामले रियल बेटिसबाट लोनमा भित्राएको जिओभानी ले केल्सो, आर्सनलले चेल्सीबाट भित्राएको डेविड लुइस जस्ता चर्चित ट्रान्सफर भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै