प्रचण्डले काँग्रेस र तत्कालिन एमालेलाई सिद्धान्तबाट च्युत गराए – कमल थापा

खरीबोट

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काँग्रेस र तत्कालिन एमालेलाई सिद्धान्तबाट च्युत गराएको बताएका छन् ।  

राप्रपाको आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रचण्ड आफ्नो सिद्धान्तबाट काँग्रेसलाई च्युत गराउन सफल भएको बताउदै तत्कालिन एमालेलाई पनि सिद्धान्तबाट च्युत गराएको आरोप लगाए ।

उनले अहिले भर्खरै देखिएका घटनाक्रम हेर्दा तत्कालिन एमालेको जनताको बहुदलिय जनवादबाट समेत उसलाई प्रचण्डले च्युत गराएको आरोप लगाए ।

उनले भने, कांग्रेसलाई विपिको सिद्धान्तबाट र एमालेलाई मदन भण्डारीको जनताको बहुदलीय जनवादबाट पनि प्रचण्डले च्युत गराईसके।'          

उनले प्रचण्डले केहि दिन अघि पुर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने अभिव्यक्तिप्रति आपत्ति व्यक्त गर्दै प्रचण्डले पुर्व राजाको बारेमा यस्तो अभिव्यक्ति जनयुद्धकालिन शब्द, भाषा र शैली भएको बताए ।

प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दास भनेको भन्दै अध्यक्ष थापाले दासहरुलाई खरानी पार्ने अभिव्यक्तिहरु आपत्तिजनक र संविधानको भावना विपरित रहेको बताए । प्रचण्डको सो अभिव्यक्ति हतास मानसिकताको उपज भएको बताए । 

अध्यक्ष थापाले राजाको प्रसंग आउदा किन बीच बीचमा तर्सिनु हुन्छ भन्ने प्रश्न गर्दै प्रचण्डले सबैलाई सिद्धान्तबाट च्युत गराएपनि राप्रपालाई च्युत गराउन नसकेका कारण प्रचण्ड तर्सिने गरेको बताए ।

उनले हामीले जोडसँग सास फेरे पनि प्रचण्डको कुर्सि हल्लिन थाल्ने बताउदै प्रचण्डले जेसुकै संज्ञा दिएपनि राप्रपा मन बचन र कर्मले आफ्नो सिद्धान्तमा आडिक रहेको बताए ।   

सरकारले काम गर्न नसकेको भन्दै उनले आम जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएको आरोप लगाए । सरकार र प्रमुख प्रतिपक्षीको गलत नीतिले देश थप संकटतर्फ जान लागेको उनले बताए ।    

गत निर्वाचनमा अकल्पनीय हार बेहोर्नु परेपनि पार्टीले आफ्ना मान्यता र औचित्य समाप्त नभएको बताउदै आफुहरुको एजेन्डा पराजित नभएको दाबि गरे । उनले राप्रपाको एजेन्डाप्रति जनताको विस्वास रहेको बताउदै यसका लागि राप्रपाको संगठन बलियो बनाउनुपर्ने बताए ।

सम्बन्धित समाचार

युवाहरुको रगत र पसिना निर्यात गरेर मुलुक समृद्ध हुँदैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ४५ लाख युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताएका छन् । राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल

संवैधानिक तवरबाटै हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्छौं - कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गत संविधानसभामा राप्रपाको गणपुरक संख्यामा उपस्थिती हुन नसकेकै कारण हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापीत हुन नसकेको यथार्थ बताउँदै अबको निर्वाचनमा जनताको मन जितेर

प्रचण्डले काँग्रेस र तत्कालिन एमालेलाई सिद्धान्तबाट च्युत गराए – कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काँग्रेस र तत्कालिन एमालेलाई सिद्धान्तबाट च्युत गराएको बताएका छन् ।   राप्रपाको आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा

६२/६३ को आन्दोलनको अन्त्य राजा र दलबीचको सम्झौताबाट : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ को आन्दोलन राजा र आन्दोलनकारी दलहरुबीच सम्झौतामा टुंगिएको बताएका छन् । सम्झौताको भावना बिपरित हिन्दुत्व समाप्त पारिएको, राजालाई पाखा लगाईएको, संघीयताबारे बहस


z