• २०८१ बैशाख ७ शुक्रबार

प्रचण्डले काँग्रेस र तत्कालिन एमालेलाई सिद्धान्तबाट च्युत गराए – कमल थापा

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काँग्रेस र तत्कालिन एमालेलाई सिद्धान्तबाट च्युत गराएको बताएका छन् ।  

राप्रपाको आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रचण्ड आफ्नो सिद्धान्तबाट काँग्रेसलाई च्युत गराउन सफल भएको बताउदै तत्कालिन एमालेलाई पनि सिद्धान्तबाट च्युत गराएको आरोप लगाए ।

उनले अहिले भर्खरै देखिएका घटनाक्रम हेर्दा तत्कालिन एमालेको जनताको बहुदलिय जनवादबाट समेत उसलाई प्रचण्डले च्युत गराएको आरोप लगाए ।

उनले भने, कांग्रेसलाई विपिको सिद्धान्तबाट र एमालेलाई मदन भण्डारीको जनताको बहुदलीय जनवादबाट पनि प्रचण्डले च्युत गराईसके।'          

उनले प्रचण्डले केहि दिन अघि पुर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने अभिव्यक्तिप्रति आपत्ति व्यक्त गर्दै प्रचण्डले पुर्व राजाको बारेमा यस्तो अभिव्यक्ति जनयुद्धकालिन शब्द, भाषा र शैली भएको बताए ।

प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दास भनेको भन्दै अध्यक्ष थापाले दासहरुलाई खरानी पार्ने अभिव्यक्तिहरु आपत्तिजनक र संविधानको भावना विपरित रहेको बताए । प्रचण्डको सो अभिव्यक्ति हतास मानसिकताको उपज भएको बताए । 

अध्यक्ष थापाले राजाको प्रसंग आउदा किन बीच बीचमा तर्सिनु हुन्छ भन्ने प्रश्न गर्दै प्रचण्डले सबैलाई सिद्धान्तबाट च्युत गराएपनि राप्रपालाई च्युत गराउन नसकेका कारण प्रचण्ड तर्सिने गरेको बताए ।

उनले हामीले जोडसँग सास फेरे पनि प्रचण्डको कुर्सि हल्लिन थाल्ने बताउदै प्रचण्डले जेसुकै संज्ञा दिएपनि राप्रपा मन बचन र कर्मले आफ्नो सिद्धान्तमा आडिक रहेको बताए ।   

सरकारले काम गर्न नसकेको भन्दै उनले आम जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएको आरोप लगाए । सरकार र प्रमुख प्रतिपक्षीको गलत नीतिले देश थप संकटतर्फ जान लागेको उनले बताए ।    

गत निर्वाचनमा अकल्पनीय हार बेहोर्नु परेपनि पार्टीले आफ्ना मान्यता र औचित्य समाप्त नभएको बताउदै आफुहरुको एजेन्डा पराजित नभएको दाबि गरे । उनले राप्रपाको एजेन्डाप्रति जनताको विस्वास रहेको बताउदै यसका लागि राप्रपाको संगठन बलियो बनाउनुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै