• २०८१ बैशाख ६ बिहीबार

भारतीय फिल्मको राष्ट्रिय अवार्डको घोषणा, को-कसले जिते ?

kharibot

काठमाडौँ । बलिवुडका फिल्मको २०१८ को राष्ट्रिय अवार्ड घोषणा गरिएको छ । ६६औ राष्ट्रिय अवार्डको घोषणा शुक्रबार भएको हो । अघिल्ला बर्षहरुमा यो अवार्ड अप्रिलमा घोषणा हुने गरेको भएपनि यस बर्ष भारतमा लोकसभा निर्वाचन भएकाले आज घोषणा गरिएको हो । यस अवार्ड विभिन्न ३१ विधामा अवार्ड दिने गरिन्छ ।

२०१८ को उत्कृष्ठ अभिनेताको अवार्ड दुई अभिनेताले पाएका छन् । फिल्म अन्धाधुनबाट आयुष्मान खुराना र फिल्म उरीका लागि विक्की कौशलले पाएका छन् । त्यस्तै बेस्ट अभिनेत्रीको अवार्ड भने तेलगु फिल्म महनतीकी अभिनेत्री कीर्ति सुरेशले जितेकी छन् । 

वेस्ट पपूलर फिल्मको अवार्ड आयुष्मन खुरानाको फिल्म बधाई हो ले जितेको छ भने बधाई हो बाट बेस्ट सपोर्टिंग अभिनेत्रीको अवार्ड बधाई हो की सुरेखा सिकरीले जितेकी छन् ।

त्यस्तै सोसल इश्यूमा बनेको फिल्म प्याडम्यानले बेस्ट फिल्मको अवार्ड जितेको छ । त्यस्तै गायक अरिजित सिंहले फिल्म पद्मावतका लागि बेस्ट गायकको अवार्ड जितेका छन् । त्यस्तै बेस्ट म्युजिक डाइरेक्टरको उपाधि फिल्म पद्मावतका लागि संजय लीला भन्सालीले जितेका छन् ।    

६६औ भारतीय राष्ट्रीय फिल्म पुरस्कार विजेताको सुची :

फिल्म फ्रेन्डली स्टेट : उत्तराखंड
वेस्ट फिल्म क्रिटिक : ब्लेस जोनी र अनंत विजय
स्पेशल मेन्शन : महान हुतात्मा 
राजस्थानी फिल्म: टर्टल
गुजराती फिल्म: रेवा
मराठी फिल्म :  भोंगा
सर्वश्रेष्ठ सहायक अभिनेता : स्वानंद किरकिरे, चुम्बक (मराठी) फिल्म 
उर्दू फिल्म: हामिद
तेलुगू फिल्म: महानती
पंजाबी फिल्म : हरजीता
वेस्ट कोरियोग्राफर: पद्मावतको घूमर गीतका लागि कृति महेश र ज्योति तोमर
वेस्ट फिल्म :  अंधाधुन
वेस्ट एक्शन निर्देशक : केजीएफका लागि प्रशांत नील
वेस्ट म्यूजिक निर्देशक : संजय लीला भंसाली, पद्मावत 
वेस्ट म्यूजिक डाइरेक्शन (ब्याकग्राउण्ड म्यूजिक) : उरी: द सर्जिकल स्ट्राइक
वेस्ट अडियोग्राफी (साउंड डिजाइनर) : उरी: द सर्जिकल स्ट्राइक
वेस्ट गायक : अरिजीत सिंह (बिन्ते दिल, पद्मावत)
वेस्ट सपोर्टिंग एक्ट्रेस :  सुरेखा सीकरी (बधाई हो)
वेस्ट मेकअप :  रंजीत
सामाजिक मुद्धामा बनेको बेस्ट फिल्म :  प्याडम्यान 
वेस्ट अभिनेता : आयुष्मान खुराना (अंधाधुन) र विक्की कौशल (उरी: द सर्जिकल स्ट्राइक)
वेस्ट डायरेक्टर : आदित्य धर, उरी: द सर्जिकल स्ट्राइक
वेस्ट इन्टरटेनमेन्ट फिल्म :  बधाई हो

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै