मेसीले लिभरपुलविरुद्ध हानेको फि-किक बन्यो 'गोल अफ द सिजन'

खरीबोट

काठमाडौँ । बार्सिलोनाका लियोनेल मेसीले गत सिजनको च्याम्पियन्स लिगको गोल अफ द सिजनको अवार्ड जितेका छन् ।

मेसीले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा लिभरपुलविरुद्ध हानेको फ्रि-किक गोल गत सिजनको च्याम्पियन्स लिगको गोल अफ द सिजन भएको छ ।

विश्वभरका फ्यानहरुको भोटको आधारमा मेसीको सो गोल गत सिजनको गोल अफ द सिजन बनेको हो । 

बार्सिलोनाको घरेलु मैदान क्याम नाउमा भएको सो खेल बार्सिलोनाले ३-० ले जिते पनि दोस्रो लिगमा लिभरपुलले ४-० ले बार्सिलोनालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

मेसी यस बर्षको बेलुन डो अरका लागि समेत मनोनयनमा परेका छन् ।

भिडियो :
 

सम्बन्धित समाचार

मेसी, रोनाल्डो र भान डाइक युइएफए बर्ष खेलाडीको अन्तिम मनोनयनमा

काठमाडौँ । युइएफएले सन् २०१८/२०१९ सिजनको पुरुष प्लेयर अफ द इयरका लागि तीन जनाको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । यस अघि सार्वजनिक गरेको १० जनाको सुचीबाट उत्कृष्ट ३ जना खेलाडी

पोर्टो च्याम्पियन्स लिगमा छनौट हुन असफल

काठमाडौँ । पोर्चुगलको चर्चित क्लब पोर्टो यस सिजनको च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ । रसियाको क्लब क्रान्सनोडरसँग अवे गोलमा पराजित हुदै च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ ।

मेसीले भन्दा मैले फरक क्लबबाट च्याम्पियन्स लिग जितेको छु – रोनाल्डो

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी पछिल्लो एक दशक देखि नै प्रमुख खेलाडीको रुपमा चर्चामा रहेका छन् । क्लब फुटबल होस् या देशका लागि हुने फुटबल होस्

सुपर कम्युटरको भविष्यवाणी : प्रिमियर लिग सिटी र च्याम्पियन्स लिग रियलले जित्ने !

काठमाडौं । युरोपको ठुलो लिग मध्येको एक प्रिमियर लिग फुटबल अगस्ट १० देख इसुरु हुदै छ । अहिले सबै क्लबहरु आफ्नो प्रि-सिजन टुर र प्रशिक्षणमा व्यस्त छन् भने नयाँ खेलाडी


z