किन र कसरी सिक्ने वक्तृत्वकला ?

खरीबोट

आफ्नो मनमा लागेका कुराहरू बोलेर अरुलाइ प्रभावित पार्ने लोभ कसलाई पो हुदैन र ? आफूले जानेका र भोगेका कुराहरु राम्रोसँग अभिब्यक्त गर्ने मानिसको अभिलाषा हुन्छ । आफ्नो ब्यक्तित्व, कृतित्व र कलालाई अरु समक्ष पुर्‍याएर आफूलाई चिनाउने वाक् कला ब्यक्तिको एक प्रतिभा हो । अहिले त त्यो भएन भने त आफ्नो उत्पादन र क्षमताको बिक्री नै हुदैन ।

आफूसँग बोल्ने कुराहरु थुप्रो छ । सिलसिला मिलाएर अभिब्यक्त गर्न आउदैन । डर लाग्छ। भनेर बस्छन् । आफ्ना कुराहरु नबोलेर दबाउछन् र असली कुरा बाहिर आउन पाउदैन आइहाले अपूर्ण र प्रभावहिन तरिकाले आउँछ । त्यसले कसैले ध्यानाकर्षण गर्न सक्दैन र आफै निराश हुन पुग्छन तर यथार्थतमा वक्तृत्वकला विद्यालयमा, समाजमा वा आफ्नै प्रयासमा पनि सिक्न र सिकाउन सकिन्छ । बक्तृत्व लेख्ने, गाउने, नाच्ने, अभिनय गर्ने सिपजस्तै बक्तृत्वसीप पनि ब्यवहारिक, प्रभाबकरी र प्रभावपूर्ण हुन्छ । राम्रो सँग बोल्न सक्ने मनिस चाँडो चिनिन्छ । 

सामाजिक सम्बन्ध चाडो बिकास हुन्छ । सामाजिकीकरण चाडो कायम गर्न सकिन्छ । नेपालीमा त उखानै छ । बोल्ने को पिठो बिक्छ, नबोल्नेको चामल समेत बिक्दैन वा बोल्नेको लसुन बिक्छ नबोल्नेको सुन पनि बिक्दैन् । राम्रो बक्ताले आफ्नो भाषण कै माध्यमबाट श्रोता तथा कार्यकर्ता निर्माण गर्न, मित्रता र सम्बन्धहरु बिकास गर्न सक्छन् ।

त्यसको लागि अभ्यास जरुरी हुन्छ । अभ्यासले नै ब्यक्त्तिलाई सफल बक्ता बनाउने हो । अभ्यास नहुदा प्रतिभाको प्रस्फुटन हुन सक्दैन । विश्वमा समायोजन हुन मनिसहरुलाई खुसी पार्न,आफ्नो क्षमता बेच्न, मीठो वाककला,मृदुभाषी वाकपटुताको जरुरी हुन्छ । वक्तृत्वकला पढाउने, सिक्ने र सिकाउने सबैको लागि उपयुक्त होस् भनेर यो लेख तयार गरिएको छ ।

अमेरिकी लेखक सोन्डा लाइन राइम्सले डार्य मोउथ कलेजमा दिएको 'कर्मवान हुनुहोस ,स्वप्नादर्सि होइन' आशयको मन्तव्य होस् वा अमेरिकी फिल्म निर्देशक तथा लेखिका जेनिफेर लिले सन् २०१४ मा युनिभर्सिटी अफ न्यू हयाम्स्यारमा दिएको 'बिश्वास गर्नुहोस जित अगाडी छ' भन्न आशयको कम्मेन्स्मेन्ट भाषण होस् वा कम्प्युटरमा क्रान्ति ल्याउने स्टिभ जब्सको सन् २००५ मा अमेरिकाको स्ट्यानफोर्डमा 'भोको बन, मुर्ख बन भन्ने' आशयको भाषण होस्।यू ट्युबमा हेर्न र सुन्न पाइन्छ जसले सिकारु बक्तालाई सहयोग र उत्प्रेरित गर्द्छ।

त्यतिमात्र कहाँ हो र? महात्मा गान्धि, विवेकानन्द ,निल आर्मस्टङ,जीसस क्राइस्ट,अलेक्जेण्डर द ग्रेट,इडोल्फ हिट्लर,वस्टिन चर्चिल, म्यरगरेट थ्याचर,जोह्न ओफ केनेडी, चार्ली चाप्लिन ,अब्दुल कलाम, मदन भन्डारी जस्ता सफल ब्याक्तिहरुले विभिन्न समयमा दिएको ऎतिहासिक र चर्चित भाषणहरु अहिले पनि यू ट्युवमा हेर्न र सुन्न सकिन्छ । 

मोटिभेस्नल तथा स्पिरीचुअल स्पिकरहरु: शिव खेडा,जय लखानी,वान डायर,एकट ट्ल्स,बिकासानन्द,जयप्रकाश अग्रवाल ,निक भुजुइस,रबिन शर्मा,टोनी रबिन्सका भाषण तथा प्रवचनहरु अति रोचक र प्रेरणादायी छ्न्।जादूमय आवाज र शक्तिशाली शब्दले प्रेरित गर्छन् । तिनीहरुका प्रवचनले सकारात्मक तरंग पैदा गर्छ्न् । तिनीहरुलाई नियालेर हेर्दा, सुन्दा, महशुस गर्दा केही मात्रामा भएपनि जोस र उत्साह भर्न सकिन्छ । वक्तृत्व सीप,शैली र कला सिक्न र सिकाउन सकिन्छ।त्यस्तै बाराक ओबामा,नरेन्द्र मोदी, सि जीङ पीको वाककला, शैली र पद्धतिले जनता तथा श्रोतालाई कम्ति मन्त्रमुग्ध पर्दैनन् । सुनौ सुनौँ लाग्छ । उनिहरुको जादूमय आवाज र ब्यक्तित्वले आकर्षण गर्छ । त्यसै तिनीहरुलाई भाषण बाजको रुपमा चिनिएको होइन । नेपालका प्रदिप गिरि ,सुवास नेम्वाङ, प्रदिप ज्ञावाली, चन्द्र भन्डारी, गगन थापा, विश्व प्रकाश शर्मा, घनश्याम भुसालका भाषणको शैली र कला पनि राम्रो छ ।

सुन्दा अनौठो पनि लाग्छ --असल बक्ता बन्ने सबै भन्दा राम्रो तरिका असफलता पनि हो । भनिन्छ ,असफलता नै सफलताको कडि हो । अमेरिकी रास्ट्रपति जोन अफ केनेडिले जोड दिदै भनेका छ्न्-" जसले असफल हुने हिम्मत गर्छ त्यही सफल हुन्छ" त्यस्तै जर्ज बर्नाड शाले एकपटक गल्ती भए पनि नदोहोर्‍याउन सचेत गराउदै "बिना गल्ती सफलता प्राप्त हुदैन् तर एउटै गल्ती दोहोर्‍याउदा कहिल्यै सफल हुदैन् ।" त्यसै भनेका होइनन् । 

"म सगँ कुनै वक्तृत्व सीप छैन् तर म सँग भएको भए पनि त्यो प्रयोग गर्ने थिइन्" महान भाषाबिद् तथा दार्शनिक नोम चोम्स्की को यो भनाईले यो सीप बिकसित गर्ने होइन् हुने हो । त्यो त प्रयोगकै क्रममा हुन्छ परिस्थितिमा निर्भर गर्छ भन्न खोजेको हुनुपर्छ ।

वक्तित्व सिप, भाषण कला तथा उद्घोषण कलाका थुप्रै तालिम,प्रशिक्षण, गोष्ठी र पढाइ हुने गरेका छन् । वक्तृत्व कला पुरै प्रयोगात्मक र औपचारिक बिषय भएकाले भने जति सजिलो हुन्न । यहाँ भनेर पनि हुन्न । नसिकाउने कुरा पनि भएन । अरुलाई आफ्ना कुरावाट प्रभावित गर्नु चानचुने बिषय पनि होइन् । तर कोशिश गर्‍यो भने प्रवाहित नहुने कुरा पनि भएन् । अझ वक्ता आफै आविष्कारक,बैज्ञानिक तथा कलाकार रहेछ भने त उसको भाषण अति नै आकर्षक र प्रभावकारी हुन्छ ।

सार्वजनिक रुपमा भाषण दिनको लागि अलेक्सजेन्डर जर्जले भनेका छ्न्-"सार्वजनिक भाषणमा तीन कुराको लक्ष्य लिइन्छ । पहिलो-- बिषय बस्तु भित्र प्रवेश ,दोस्रो- बिषयलाई आफ्नोपनमा ढाल्ने र अन्त्यमा तिम्रो बिषयलाई स्रोताको हृदय सम्म पुर्‍याउने ।" त्यस्तै ज्याक बेल्चले वक्तृत्वकलाका तीन शुत्रहरु बताएका छन् । ती हुन्; पहिलो- आफ्ना कुरा सरल र स्पष्ट ढंगले राख्नुहोस् दोस्रो --आफ्ना श्रोताहरुलाई सकेसम्म थाहा नभएका कुरा सुनाउनुहोस् र तेस्रो-आफूभित्रको जोशलाई उम्लन दिनुहोस् । उनी यो पनि थप्छन् कि "यदि तिमीहरू आफ्ना निम्ति काम गर्नेहरुका लागि नै दिक्कलाग्दो बनिरहेका छौ भने सबैभन्दा पहिला आफ्नै गालामा चड्कन हान् ।"

१. बिषयको सम्पूर्ण ज्ञान आर्जन गर्नुहोस्:

स्मरण शक्ति बढाउने, तथ्य, तथ्यांकहरु र उदाहरण हरुको संकलन गर्दै स्वयंलाई वक्तृत्व बिषयमा ज्ञानको भण्डार बनाउनुपर्छ । भाषणमा स्पष्टसंग बास्तविक घटनाको पूरा जानकारी दिनुपर्छ । बिषयको गहिराईमा पुग्नुपर्छ । जसको लागि खोज, अध्ययन र आफ्नो अनुभवको प्रभावकारी ढंगले प्रास्तुत गर्नुपर्छ ।

२. डरलाई हटाउनुहोस्:

भाषणको तयारी र अभ्यासले डरलाई हटाउन मद्दत गर्दछ । शारीरिक ब्यायाम, ध्यान र योग अभ्यासले वक्ताको आत्मविश्वास उच्च राख्दछ । धेरै डर प्रत्युत्पादक हुन्छ भने थोरै डरले सतर्क रहन मद्दत गर्दछ । त्यसैले वक्ता धेरै डराइहाल्नु हुदैन ।

३.स्रोताको बिषयमा पूर्ण ज्ञान हासिल गर्नुहोस्:

स्रोतालाइ आकर्षण गर्न भाषणमा सहभागी गराउनुपर्छ ।नेपोलिन हिलको भनाई छ-- "भाषणपूर्व दुइचोटी सोच किनभने तिम्रा शब्द र प्रवाभले अरुको दिमागमा कि त सफलता कि त असफलताको बिऊ रोप्छ ।" स्रोताहरुको विश्वास जित्न सत्य कुराहरु र उनिहरुको इच्छा थाहा पाएर आफ्नो बिचार र ज्ञानबाट प्रस्तुतीकरण दिनुपर्छ । बेला बेला स्रोता गण भनी सम्बोधन गर्न र धन्यवाद दिन कन्जुस्याइँ गर्नु हुदैन ।

४. वक्तृत्वको बिषयमा नयाँ ज्ञानको खोजी गर्नुहोस्:

ऐतिहासिक तथ्य र प्रमण पेश गर्ने, बिषयको बिचार तथा तथ्यको गहिरो खोज गर्नुपर्छ । उदाहरण , प्रसङ्ग र प्रमाणहरु पेश गर्नुपर्छ। अध्ययन गर्ने ज्ञानको पर्याप्तता हुने सम्बन्धित बिषय बिज्ञसँग भेट गर्ने, उनीहरुबाट लिने, नयाँ कुराको खोजी गर्ने र प्रस्तुत गर्नुपर्छ ।

५. वक्तृत्वमा रोचकता ल्याउनुहोस्:

वक्तृत्वमा रोचकता ल्याउनको लागि शुरुवात सुन्दर र आकर्षक बनाउनु पर्छ।जसको लागि छोटो कबिता मुक्त्तक वा प्रसिद्ध भनाई या उदाहरणको प्रयोग गर्न सकिन्छ।भाषणले वक्ता र स्रोता दुबै रोमान्चित हुने हुनुपर्छ।भाषणमा स्रोतालाई सहभागी गराएर ध्यान आकर्षण गराउनु पर्छ। स्रोताको चाहानालाई ध्यान दिनु पर्छ । छोटा -छोटा वाक्य प्रस्तुत गर्नुपर्छ । बेला-बेला आवाज परिवर्तन गर्नुपर्छ।डा.मार्डी गोथेले "शब्दमा अविश्वासनीय शक्ति हुन्छ।यसले मानिसको हृदय उच्च बनाउन या कष्ट दिन सक्छ" भनेका छ्न् । शब्द चयनमा विशेष ध्यानका साथ विवेकको प्रगोग गरि रोचक बनाउनु पर्छ । भाषणमा हाँस्यरस मिसाउनु पर्छ । आफ्नो घटनालाई कथात्मक रुपमा भाषणमा समावेश गर्नुपर्छ। तथ्यहरुलाई तुलनात्मक रुपमा रोचक ढङ्गले प्रस्तुत गर्नुपर्छ।स्रोताको ध्यान खिच्नु पर्छ । त्यसको लागि -- हिजो बेलुका जब म बगैँचातिर टहलिँदै थिए......। मैले कुरा गर्दा गर्दै जब आकाशमा अन्धकार देखे... जस्ता कुराहरूबाट शुरु गर्न सकिन्छ ।

६.भाषणको बारम्बार अभ्यास गर्नुहोस् :

भाषणको तयारी गरी अभ्यासको लागि एकान्त र खुल्ला ठाउँमा या जङ्गलमा या ऐनाको अगाडि गएर जोड जोडले बोलेर अभ्यास गर्नुपर्छ । भाषणलाई रेकर्ड गरेर सुन्न सकिन्छ र आवश्यक सुधार गर्न सकिन्छ आवाज र भाषालाई प्रभाबकारी बनाउनु बारम्बार कोसिस गर्ने गर्नुपर्छ । प्रभाबशाली आवाजको लागि बरम्बार अभ्यास गर्ने अभ्यासले हामिलाई परिबर्तन ल्याउने बारेमा सोच्छौं र नयाँ सिक्ने प्रवृत्ति गहिरो हुँदै जान्छ,ध्यान एकीकृत गर्दछ । त्यसपछी सीप बिकास जान्छ । 

जसरी लिङ्कनले जङ्गलमा गएर रुख बिरुवाको अगाडि गाउँलेहरु जम्मा गरेर भाषणको अभ्यास गरे त्यसैले उनलाई भाषणमा पारङ्गत बनायो । त्यही तरिका पनि अपनाउन सकिन्छ।आफूलाई कस्तो गर्दा सहज हुन्छ र सिकिन्छ त्यसरी नै अभ्यास गर्नुहोस् ।

७.आफूमा जोश, उत्साह र आत्मविश्वास जगाउनुहोस :

बिना जोश र उत्साह सफलता प्राप्त गर्न सकिदैन ।भाषणको तरिका सिकेपछि तपाईंमा जोश बढ्छ, खुशी हुनुहुन्छ । जसरी पहिलो चोटि गाडी चलाउदा होइन्छ । अभ्यासले जोश र आत्मविश्वास भरिन्छ, हिम्मत आउछ र सफलता मिल्छ। इमर्सनले भनेका छन- "बिना जोश आजसम्म न कोहि सफल भएको छ , न हुन सक्नेछ । सबै सफलताहरु जोश र उत्साह कै परिणाम हो ।"

८.प्रेरक र सफल वक्ताहरूको संगत गर्नुहोस् र भाषण सुन्नुहोस् :

इपिक्ट्सले सुनाइमा जोड दिदै भनेका छन्-"बोल्नुपुर्व दुईवटा कान र एउटा मुख छ त्यसैले बोल्नुपुर्व दुईपटक सुनौँ।"प्रेरक र सफल वक्ताको संगत गर्दा र भाषण सुन्दा आफूमा पनि वक्तृत्व गुणहरुको बिकास हुन्छ । उनीहरुले दिने सुझाव र हौसला सिकारुको लागि महत्त्वपूर्ण आधार हुन्छ । सिकारुलाई भाषणको शैली, तरीका, प्रक्रिया सिक्न र कौशलको बिकास गर्न सजिलो हुन्छ ।

९.बोल्ने बानी गर्नुहोस् ,बोलिरहनुहोस्,

बोल्ने बानीले डर भाग्छ । ठाउँ र मौका पाउनासाथ सदुपयोग गरिहाल्नुपर्छ।सुधार गर्नुपर्ने कुराहरु सुधार गर्दै जानुपर्छ।बिषयमा आफ्ना अनुभवहरु मिसाउदै ससक्त बिचार प्रस्तुत गर्नुपर्छ । बोलिरहनुहोस । ढुक्कसँग बोल्नुहोस । बोल्ने बानीको बिकास हुन्छ। तर बेन्जोन्सनले भनेको यो कुरालाई ध्यान दिनुपर्छ-" बोल्नु र राम्रोसँग बोल्नु दुईवटा कुरा हो।मूर्खले भन्छ तर बुद्धिमानले बोल्छ ।"

वक्तृत्वको प्रस्तुती र बिषय श्रोता र बक्ता दुबैको लागि महत्त्वपूर्ण र रोमान्चक हुनुपर्छ । स्रोताको चाहनालाई बुझ्ने र वक्तृत्वमा सहभागी गराउने,वक्तृत्व बिषयबस्तुको गहिरो ज्ञान हासिल गर्ने,नयाँ कुराको खोजी गर्ने,ब्यक्तित्व बिकास गर्ने र आत्मबिश्वास उच्च राखेर जोस र हिम्मतका साथ रोचक ढंगले वक्तृत्व प्रस्तुत गर्ने हो भने तपाईलाई वकृत्वकलामा पारङ्गत हुन् बेरै लाग्दैन् ।

वास्तवमा धेरै जसो मानिसहरु यसकारणले असफल हुन्छ्न् कि उनिहरुले कुनै उचित तरिका र मार्गदर्शन प्रदान गर्ने मानिस भेटिदैनन् । उत्साह,जोस र बिश्वास जगाईदिने मानिस हुदैनन् । तर म खुसी छु तपाईंले आफूलाई मार्गदर्शक वक्ताको लागि मैले वताएका यी सबै विधि,पद्धति र तरिका रोज्नुभएको छ । पढ्नुभएको छ । त्यसको बारम्बार अभ्यास र प्रयोग गर्नुहुनेछ।मलाई बिश्वास छ कि यी प्रक्रियाहरु वक्तृत्वकलाको उत्तम तरिकाहरु हुन् जसले तपाइँलाई मार्ग दर्शन गर्नेछ र यो पनि बिश्वास छ कि अव तपाईं असल, लोकप्रिय तथा प्रसिद्ध वक्ता बन्नुहुनेछ । यहाँलाई धेरै धेरै धन्यवाद !!!

(लेखक पाण्डे श्री सुनपकुवा माबि उर्लाबारी-२, मोरङका शिक्षक हुन्) 
 

सम्बन्धित समाचार

कान्छी प्रधानमन्त्री बन्न लागेकी मरिन : ३४ बर्षमै फिनल्याण्डको नेतृत्व गर्दै 

हेल्सीङ्की । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय

डर भनेको के हो ? कसरी भगाउने ?

डर भनेको कुनै भयङ्कर वस्तु देखेर वा खराबीको आशङ्काले मनमा उत्पन्न हुने भाव; भय; र त्रास हो । खास दुखाई र खतराको संबेदनसिल अनुभवको भाव हो । डरको समानार्थी शब्द

मृत्यु के हो ?

सबैभन्दा डरलाग्दो, कहालीलाग्दो र होश उडाउने शब्द हो मृत्यु । त्यो पनि मानिसको । स्वजनको । अझ सबै भन्दा बढी त आफ्नै ! मृत्यु  सुन्दा, देख्दा, पर्दा र भोग्दा को

मन्त्री नेम्वाङद्वारा सी चिनफिङ विचारधारामा बहस

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्तकुमार नेम्वाङले सी चिनफिङ विचारधाराले धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। नेपाल–चीन हिमालय मैत्री


z