अँध्यारो कुनामा बसेर झटारो हानेर विकल्प आउदैन : प्रचण्ड

खरीबोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताएका छन् । 

शमी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कवि दिनानाथ शर्माको निबन्ध सङ्ग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रमा अध्यक्ष प्रचण्डले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्नेमा जोड दिए । 

उनले भने, “यो परिवर्तनलाई संस्थागत गर्नु बाहेक अर्को विकल्प छैन, अँध्यारो कुनामा बसेर झटारो हानेर विकल्प आउँछ की भन्नुको कुनै अर्थ छैन ।” अध्यक्ष प्रचण्डले विद्रोहको नेतृत्व र जिम्मेवारी लिँदै मुलुकलाई शान्तिपूर्ण रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे । हाल पार्टी एकता जस्तो ऐतिहासिक प्रक्रियासमेत पूरा भएकाले जनतामा देखिएको आशा र निराशा दुवैलाई आत्मसात् गरेर आफूहरु अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाज रुपान्तरण गर्ने शक्तिशाली औजारका रुपमा साहित्य रहेको बताए । उनले कम्युनिष्ट आन्दोलनले वर्तमान समयको समस्यालाई बोधगरी सुन्दर भविश्यको परिकल्पना गर्न लाग्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले ठूला सपना देखाएर साना काम पनि नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने र देशलाई प्रयोगथलो बनाउन नहुनेमा जोड दिए । 

शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार मावधप्रसाद पोखरेल, प्रा राजेन्द्र सुवेदी, तेजेश्वरबाबु ग्वङ्ग, डा बेञ्जु शर्मालगायतले कृतिका लागि शर्मालाई र पत्रिकाका निम्ति प्रतिष्ठानलाई शुभकामना दिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले साहित्य र राजनीतिलाई अन्तरघुलन बनाएर जानुपर्ने आवश्यकता रहेको उल्लेख गरे । संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माले समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । 
 

सम्बन्धित समाचार

मार्क्सवादलाई अक्षरशः पालना भन्दा मार्गदर्शन बनाउनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवादलाई अक्षरसः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिध्दान्तका रूपमा लिनुपर्ने बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा उनले यस्तो

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : अध्यक्ष प्रचण्ड

धनुषा । नेपाल कम्युनिष्ट पार्टी नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त

नेकपामा प्रचण्ड र नेपाल असन्तुष्ट

काठमाडौं । सत्तारुढ नेकपामा पछिल्लो घटनाक्रमपछि नयाँ समीकरण बन्ने संकेत देखिएको छ । बामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीसँग मिलेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेकपामा पेलिएको

वर्तमान सरकार पाँच वर्ष रहन्छ : अध्यक्ष प्रचण्ड

धनुषा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग  कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने


z