• २०८१ बैशाख १४ शुक्रबार

‘बाँकेबाट फरार, काठमाडौँमा सेल्टर’

kharibot

बाँके । सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने एउटा समूह सोमबार काठमाडौँमा पक्राउ पर्यो । उनीहरुविरुद्ध ‘अपरेशन’ चलाएको बाँके प्रहरीले फरार रहेका सात जनालाई राजधानी काठमाडौँ पुगेर पक्राउ गर्यो । पक्राउ परेकालाई नेपालगञ्ज ल्याएर अदालतमा उपस्थितसमेत गराइसकेको छ ।

“उनीहरु प्रहरीबाट जोगिँदै अनुसन्धानमा नआएर सोभैm अदालत जान खोजेका थिए त्यो योजना सफल नहुँदै प्रहरीले पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको छ”, बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले भने ।

प्रहरी उपरीक्षक वलीका अनुसार अभियुक्तहरु दुई महीनादेखि काठमाडौँमा सेल्टर बनाएर बसेका थिए । “हामीलाई सेल्टर बनाएको सूचना प्राप्त भएपछि सातै जनालाई एकै पटक कसरी पक्राउ गर्ने भन्ने योजना बनाएर निरन्तर जानकारी लिइरहेका थियौँ । गत सोमबार मात्रै पक्राउ गर्न सफल भयौँ, उनीहरुलाई मङ्लगबार नेपालगञ्ज ल्याएर अदालतमा उपस्थित गराइसकेका छौँ ।”

पक्राउ पर्नेमा प्रमुख मालपोत अधिृकत दीर्घबहादुर पोखरेलसहित शाखा अधिकृत कृष्णप्रसाद ज्ञवाली, मालपोत अधिकृत हेमराज शर्मा, नायब सुब्बा रवीन्द्रबहादुर थापा, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय र अन्तराम चौधरी छन् ।

बाँके र बर्दियाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जनाविरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले बाँकेका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा रु दुई करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा रु दुई करोड ३० लाख भ्रष्टाचार भएको दाबी गरेको छ ।

यसअघि मालपोत कार्यालय बाँकेका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा निजी नाममा गरी हत्याउन सक्रिय रहेको भन्दै पक्राउ परेका १९ मध्ये १६ जनालाई थुनामा राख्न बाँके जिल्ला अदालतले आदेश गरेको थियो । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सघाउने सरकारी कर्मचारीसमेत गरी १९ जनालाई बाँके प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । पक्राउ पर्ने दुई जना हत्या तथा अपहरण मुद्दामा परेका छन् ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले हत्या तथा अपहरणसम्बन्धी मुद्दामा दुई जनालाई र सरकारी कागज किर्तेसम्बन्धी मुद्दामा १४ जनालाई थुनछेकको आदेश गरेको छ । तीमध्ये बाँकी तीन जनालाई जनही रु एक-एक लाख धरौटीमा छाड्ने आदेश अदालतबाट भएको थियो । सरकारी कागज किर्तेअन्तर्गत मुद्दा चलाइएका प्रेमबहादुर चन्द, सञ्जयकुमार ठाकुर र तुलसीरानी थारु जनही रु एक लाख धरौटीमा छुटेका थिए ।

उक्त मुद्दामा अनुसन्धान भइरहेको भन्दै अख्तियारले तीनै जनालाई अदालतबाटै माग गरी झिकाएको थियो । मालपोत कार्यालय बाँकेका अधिकृत पुष्पा श्रेष्ठसहित बाँके, बर्दियाका १७ जना मालपोत कर्मचारी प्रहरी अनुसन्धानको दायरामा छन् । बाँके प्रहरीले जुनेदकी श्रीमतीलाई घटनास्थल पु¥याउँदा भारतीय प्रहरीले दाहसंस्कार गरी पहिचानका लागि राखेको कपडाका आधारमा जुनेद नै भएको खुलेको थियो ।

प्रहरीका अनुसार नेपालगञ्ज–३ का कोशल भन्ने फैरुल हसन अन्सारी र उनका अर्का साझेदार सज्जन सैय्यदलाई हत्यामा सङ्लग्नताको आशङ्कामा पक्राउ गरी मुद्दा चलाइएको छ । अन्सारीले आफ्ना साझेदार भारतीय नागरिक जुनेद अन्सारीको हत्या गरेको अभियोग छ । अन्सारी बेपत्ता भएपछि जयसपुरस्थित उनकी नेपाली पत्नीले खोजीका लागि उजुरी दिएपछि सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउनेदेखि जग्गा विवादमै हत्या भएको प्रकरण बाहिर आएको हो ।

त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा जुनेद र फैरुल हसनबीच सरकारी जग्गा व्यक्तिका नाममा गर्न भइरहेका प्रयासहरुबारे तथ्य सङ्कलन गरिसकेको थियो । “फैरुलले आफ्ना मृतक बाबुका नाममा सिक्टा सिँचाइको जग्गा नामसारी गरिसकेको खुलेको छ”, बाँके प्रहरीले भनेको छ, “पहिले मृतक बाबुको नाममा र पछि आमाको नाममा नामसारी गर्न खोज्दा विवाद उत्पन्न भएको देखिन्छ ।”

मालपोतका कर्मचारीसँग मिलेर कारोवारीले बाँकेमा एउटा र बर्दियामा एउटा सरकारी जग्गा व्यक्तिका नाममा पास गरिसकेको देखिएको छ भने एउटा जग्गा पास गर्ने चरणमा पुगेको थियो । बर्दियाको नेउलापुरस्थित ६ विगाह जग्गा पनि व्यक्तिका नाममा गर्न प्रक्रिया निकै अघि बढिसकेको तथ्य प्रहरीले फेला पारिसकेको बताइएको छ । सोही मुद्दामा बर्दियाका मालपोत कार्यालय प्रमुखसहितका कर्मचारीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका कर्मचारीले नक्कली छाप र हस्ताक्षर प्रयोग गरेर बाँकेको नेपालगञ्जस्थित सिक्टा सिँचाइ आयोजनाको पाँच कठ्ठा १६ धुर, हनुमान गौशालाको पाँच कठ्ठा १३ धुर र बर्दियास्थित भुरिगाउँको १४ बिगाहा जमिन व्यक्तिको नाममा गराएका थिए । ढड्डामा सरकारी जग्गाको श्रेस्तासमेत फेला परेपछि प्रहरीले सरकारी कागज किर्तेमा सङ्लग्न कर्मचारीलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक वलीले बताए ।

यता, सरकारी जग्गा व्यक्तिको नाममा किर्ते गरेको अभियोगमा कर्मचारी पक्राउ गरेपछि  मालपोत कार्यालयको कामकाज प्रभावित भएको छ । गत चैत ४ गतेदेखि शुरु भएको कर्मचारी पक्राउको सिलसिला अझै जारी रहेको छ । कर्मचारीको अभाव भएपछि एकै दिनमा हुनुपर्ने काम चार÷पाँच दिनसम्म लाग्ने गरेको सेवाग्राहीले बताएका छन् । कार्यालय प्रमुख प्रेम दौल्यालले कर्मचारी अभाव सबैभन्दा ठूलो समस्या भएको बताए ।

कर्मचारी अभावको समस्याबारे विभागमा जानकारी गराइसकेको जनाइएको छ । पाँच जना शाखा अधिकृतको दरबन्दी रहेको मालपोत कार्यालयमा पछिल्लो समय कार्यालय प्रमुख दौल्यालले तोक, सनाखत प्रमाणीकरणदेखि लिएर मुद्दा फाँटसम्म एक्लैले हेर्नुपरेको बताए । नामसारीका लागि आउने सेवाग्राहीहरुले काम नभएर फर्किन बाध्य भएको बताउदै सेवालाई प्रभावकारी बनाउन आग्रहसमेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै