• २०८१ बैशाख ७ शुक्रबार

तनहुँमा महिला र बालकको शव फेला

kharibot

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ ।

नदी किनारमा शुक्रबार अन्दाजी २५-२६ वर्षीया महिला र छ-सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै