• २०८१ बैशाख ७ शुक्रबार

भारतीय पुर्व अर्थमन्त्री जेटली अस्वस्थ, आइसीयुमा भर्ना 

kharibot

नयाँ दिल्ली । भारतीय पुर्व अर्थमन्त्री अरुण जेटली अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

जेटली शुक्रबार अस्वस्थ भएपछि शुक्रबार दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका हुन् । भारतीय मिडियाका अनुसार जेटलीको छातीमा समस्या भएको र सास फेर्न गार्हो भएको पछि उनलाई अहिले आइसीयुमा राखिएको छ ।

अस्पतालले एक हेल्थ बुलेटिन जारी गर्दै उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ ।

जेटली अस्वस्थ भएपछि उनलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसहित बरिष्ठ मन्त्रीहरु अस्पताल पुगेका थिए । 
जेटली पछिल्लो बर्ष किड्नी ट्रान्सप्लान्ट गरेपछि नै अश्वस्थ रहेका थिए ।

अस्वस्थ भएकै कारण उनी यस पटक बिजेपीको फेरी सरकार बन्द मन्त्री बन्न अस्विकार गरेका थिए । स्वास्थ्य समस्याले लामो समयदेखि जेटली आफ्ना सिमित परिवारजन बाहेक बाहिर भेटघाट बन्द गरि बसेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै