नेइमारलाई रियलको अफरपछि कस्सियो बार्सिलोना !

खरीबोट

काठमाडौँ । ब्राजिलियन फुटबलर नेइमारको ट्रान्सफर अनिश्चित बनिरहेका बेला पछिल्लो समय दुई स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड नेइमारका लागि अगाडी आएपछि नेइमारको विषय झन् पेचिलो बनेको छ ।

बार्सिलोनाले नेइमारलाई फर्काउन पहल गरिरहेका बेला रियल म्याड्रिडले खेलाडीसहित सय मिलियनको अफर अगाडी सारेपछि बार्सिलोना नेइमार भित्र्याउन सक्रिय भएको मिडिया रिपोर्ट आएको छ । स्पेनिस मिडियाले रियलको अफर पछि अब बार्सिलोना नेइमारलाई रियल जान रोक्न अगाडी सरेको छ ।

बार्सिलोनाले आफ्ना अर्का ब्राजिलियन खेलाडी फिलिप कोटिन्हो प्रिमियर लिग क्लब जान अस्विकार गरेपछि अब उनलाई पिएसजी पठाएर नेइमारलाई ल्याउने तयारीमा लागेको बताइएको छ । तर यस विषयमा ठोस प्रस्ताव पिएसजीलाई अझै नपठाएको स्पेनिस मिडियाले बताएका छन् ।

उता रियल म्याड्रिड भने म्यानचेस्टर युनाइटेडसँग पाउल पोग्वा भित्र्याउने अभियान असफल भएपछि अब नेइमारलाई लैजाने पहल अगाडी सारेको छ । नेइमारका लागि रियलले लुका मोड्रीचलाई दिएर नगद १३२ युरोको अफर गरेको बताइएको छ । जसले बार्सिलोनालाई झस्काएको र बार्सिलोना नेइमारका बारेमा सक्रिय भएको थियो । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले नेइमारलाई रियलको अफर अस्विकार गर्न आग्रह गरेको बताइएको छ ।

त्यस्तै नयाँ सिजन शुरु भएको अवस्थामा नेइमारको विषय अब केहि दिनमै टुंगिने सम्भावना देखिएको छ ।

अहिले नेइमारमाथि बार्सिलोना र रियल मात्र होइन इटालियन क्लब युभेन्टससमेत लागिरहेको बताइएको छ । अहिले पाउलो डिबाला प्रिमियर लिग जान असफल भएपछि अब पिएसजीले डिबालामाथि चासो देखाएपछि नेइमार-डिबालाका विषयमा पिएसजी र युभेन्टसले छलफल चलाएको बताइएको छ ।        

इटालियनमा करको दर कम र सहज भएका कारण पनि नेइमार युभेन्टसको प्रस्तावप्रति सकरात्मक भए पनि उनको पहिलो रोजाई बार्सिलोना नै रहेको बताइएको छ । उता बार्सिलोना भने नेइमार बार्सिलोना नआउने स्थिति बनेमा रियलको सट्टा युभेन्टस जान वा पिएसजीमै बस्न लबीङ गरेको समेत बताइएको छ ।

सम्बन्धित समाचार

बेलुन डोअरको मनोनयनमा किन परेनन् नेइमार ? 

काठमाडौँ । यस बर्षको बेलुन डोअरको मनोनयन सार्वजनिक गरिएको छ । गएराती सार्वजनिक गरिएको ३० खेलाडीको मनोनयनमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, भिर्गिल भान डीकलगायातका खेलाडी मनोनयनमा परेका छन् । तर

बार्सिलोनामा नेइमार नफर्कियोस भन्नेहरु छन् – मेसी 

काठमाडौ । लियोनेल मेसीले बार्सिलोनाका केहि सदस्य नेइमार बार्सिलोना नफर्कियोस भन्ने चाहेको बताएका छन् । मेसीले नेइमारको बार्सिलोना फर्किने सम्भावनाका बारेमा बोल्दै मेसीले बार्सिलोनामा केहि मानिसहरु नेइमारलाई फर्काउने कुराको विरोध गरिरहेको

एम्बाप्पे र कभानी पिएसजी टिममा फर्किए, नेइमार अझै घाइते  

काठमाडौँ । किलीयन एम्बाप्पे र एडिसन कभानी फ्रेन्च क्लब पिएसजीको टिममा फर्किएका छन् । आज राति हुने फ्रेन्च लिग अन्तर्गतको निसविरुद्धको खेलमा एम्बाप्पे र कभानी टिममा फर्किएका हुन् । पिएसजीका लागि ब्राजिलियन

नेइमार फेरी घाइते

काठमाडौँ । ब्राजिलियन फुटबलर नेइमार फेरी घाइते भएका छन् । सिंगापुरमा जारी नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेइमार घाइते भएपछि खेलको १२औ मिनेटमा मैदान छोडेका हुन् । नेइमारको देब्रे तिघ्रामा समस्या भएको बताइएको


z