नेइमारलाई रियलको अफरपछि कस्सियो बार्सिलोना !

खरीबोट

काठमाडौँ । ब्राजिलियन फुटबलर नेइमारको ट्रान्सफर अनिश्चित बनिरहेका बेला पछिल्लो समय दुई स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड नेइमारका लागि अगाडी आएपछि नेइमारको विषय झन् पेचिलो बनेको छ ।

बार्सिलोनाले नेइमारलाई फर्काउन पहल गरिरहेका बेला रियल म्याड्रिडले खेलाडीसहित सय मिलियनको अफर अगाडी सारेपछि बार्सिलोना नेइमार भित्र्याउन सक्रिय भएको मिडिया रिपोर्ट आएको छ । स्पेनिस मिडियाले रियलको अफर पछि अब बार्सिलोना नेइमारलाई रियल जान रोक्न अगाडी सरेको छ ।

बार्सिलोनाले आफ्ना अर्का ब्राजिलियन खेलाडी फिलिप कोटिन्हो प्रिमियर लिग क्लब जान अस्विकार गरेपछि अब उनलाई पिएसजी पठाएर नेइमारलाई ल्याउने तयारीमा लागेको बताइएको छ । तर यस विषयमा ठोस प्रस्ताव पिएसजीलाई अझै नपठाएको स्पेनिस मिडियाले बताएका छन् ।

उता रियल म्याड्रिड भने म्यानचेस्टर युनाइटेडसँग पाउल पोग्वा भित्र्याउने अभियान असफल भएपछि अब नेइमारलाई लैजाने पहल अगाडी सारेको छ । नेइमारका लागि रियलले लुका मोड्रीचलाई दिएर नगद १३२ युरोको अफर गरेको बताइएको छ । जसले बार्सिलोनालाई झस्काएको र बार्सिलोना नेइमारका बारेमा सक्रिय भएको थियो । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले नेइमारलाई रियलको अफर अस्विकार गर्न आग्रह गरेको बताइएको छ ।

त्यस्तै नयाँ सिजन शुरु भएको अवस्थामा नेइमारको विषय अब केहि दिनमै टुंगिने सम्भावना देखिएको छ ।

अहिले नेइमारमाथि बार्सिलोना र रियल मात्र होइन इटालियन क्लब युभेन्टससमेत लागिरहेको बताइएको छ । अहिले पाउलो डिबाला प्रिमियर लिग जान असफल भएपछि अब पिएसजीले डिबालामाथि चासो देखाएपछि नेइमार-डिबालाका विषयमा पिएसजी र युभेन्टसले छलफल चलाएको बताइएको छ ।        

इटालियनमा करको दर कम र सहज भएका कारण पनि नेइमार युभेन्टसको प्रस्तावप्रति सकरात्मक भए पनि उनको पहिलो रोजाई बार्सिलोना नै रहेको बताइएको छ । उता बार्सिलोना भने नेइमार बार्सिलोना नआउने स्थिति बनेमा रियलको सट्टा युभेन्टस जान वा पिएसजीमै बस्न लबीङ गरेको समेत बताइएको छ ।

सम्बन्धित समाचार

नेइमार बिना खेलेको पिएसजी पराजित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले खराब सुरुवात गरेको छ । गएराती भएको खेलमा पिएसजी पराजित भएको हो । पिएसजीलाई रेन्नेजले २-१ गोल अन्तरले पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको

मैत्रीपूर्ण खेलका लागि ब्राजिलको टिममा नेइमार र भिनिसीयस फर्किए

काठमाडौँ । ब्राजिलले आगामी सेप्टेम्बरमा खेल्ने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि आफ्नो टिमको घोषणा गरेको छ । हालै सम्पन्न कोपा अमेरिका जितेको ब्राजिलले कोपामा घाइते भएका कारण नखेलेका दुई स्टार खेलाडी

नेइमारलाई फर्काउन अन्तिम प्रयासमा बार्सिलोना

काठमाडौँ । बार्सिलोनाले नेइमारलाई फर्काउने अन्तिम प्रयास सुरु गरेको छ । बार्सिलोनाका टेक्निकल निर्देशक एरिक एबीडलसहितको टोलीले पेरिस पुगेर नेइमारलाई भित्र्याउन नयाँ प्रस्ताव गरेको गोल डट कमले उल्लेख गरको छ । बार्सिलोनाले

नेइमार बिना पिएसजीको विजयी सुरुवात

काठमाडौँ । फ्रेन्च लिग वानअन्तर्गत पिएसजीले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले निम्सविरुद्ध ३-० को जित हासिल गरेको हो ।  पिएसजीका लागि एडिसन कभानी, किलीयन एम्बाप्पे र एन्जल


z