नेइमारलाई रियलको अफरपछि कस्सियो बार्सिलोना !

खरीबोट

काठमाडौँ । ब्राजिलियन फुटबलर नेइमारको ट्रान्सफर अनिश्चित बनिरहेका बेला पछिल्लो समय दुई स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड नेइमारका लागि अगाडी आएपछि नेइमारको विषय झन् पेचिलो बनेको छ ।

बार्सिलोनाले नेइमारलाई फर्काउन पहल गरिरहेका बेला रियल म्याड्रिडले खेलाडीसहित सय मिलियनको अफर अगाडी सारेपछि बार्सिलोना नेइमार भित्र्याउन सक्रिय भएको मिडिया रिपोर्ट आएको छ । स्पेनिस मिडियाले रियलको अफर पछि अब बार्सिलोना नेइमारलाई रियल जान रोक्न अगाडी सरेको छ ।

बार्सिलोनाले आफ्ना अर्का ब्राजिलियन खेलाडी फिलिप कोटिन्हो प्रिमियर लिग क्लब जान अस्विकार गरेपछि अब उनलाई पिएसजी पठाएर नेइमारलाई ल्याउने तयारीमा लागेको बताइएको छ । तर यस विषयमा ठोस प्रस्ताव पिएसजीलाई अझै नपठाएको स्पेनिस मिडियाले बताएका छन् ।

उता रियल म्याड्रिड भने म्यानचेस्टर युनाइटेडसँग पाउल पोग्वा भित्र्याउने अभियान असफल भएपछि अब नेइमारलाई लैजाने पहल अगाडी सारेको छ । नेइमारका लागि रियलले लुका मोड्रीचलाई दिएर नगद १३२ युरोको अफर गरेको बताइएको छ । जसले बार्सिलोनालाई झस्काएको र बार्सिलोना नेइमारका बारेमा सक्रिय भएको थियो । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले नेइमारलाई रियलको अफर अस्विकार गर्न आग्रह गरेको बताइएको छ ।

त्यस्तै नयाँ सिजन शुरु भएको अवस्थामा नेइमारको विषय अब केहि दिनमै टुंगिने सम्भावना देखिएको छ ।

अहिले नेइमारमाथि बार्सिलोना र रियल मात्र होइन इटालियन क्लब युभेन्टससमेत लागिरहेको बताइएको छ । अहिले पाउलो डिबाला प्रिमियर लिग जान असफल भएपछि अब पिएसजीले डिबालामाथि चासो देखाएपछि नेइमार-डिबालाका विषयमा पिएसजी र युभेन्टसले छलफल चलाएको बताइएको छ ।        

इटालियनमा करको दर कम र सहज भएका कारण पनि नेइमार युभेन्टसको प्रस्तावप्रति सकरात्मक भए पनि उनको पहिलो रोजाई बार्सिलोना नै रहेको बताइएको छ । उता बार्सिलोना भने नेइमार बार्सिलोना नआउने स्थिति बनेमा रियलको सट्टा युभेन्टस जान वा पिएसजीमै बस्न लबीङ गरेको समेत बताइएको छ ।

सम्बन्धित समाचार

नेइमारको उत्कृष्ट खेलपछि पिएसजी विजयी  

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लियरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीका लीनड्रो परेडेजको आत्मघाती गोलबाट खेलको ४१औ मिनेटमा

नेइमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी  

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले नान्टेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले नान्टेजमाथि २-० को सहज जित हासिल गरेको हो । पिएसजीको जितमा किलियन एम्बाप्पे र नेइमारले एक

'नेइमारलाई म्यानेज गर्न गाह्रो छ'

काठमाडौं । पिएसजीका म्यानेजर थोमस टुचालले ब्राजिलियन खेलाडी नेइमारलाई म्यानेज गर्न गाह्रो भएको बताएका छन् । नेइमारले यस सिजनको अन्त्यसम्म पिएसजीछोड्ने चर्चा भइरहेका बेला उनका म्यानेजरको यस्तो प्रतिक्रिया आएको हो । टुचालले

बेलुन डोअरको मनोनयनमा किन परेनन् नेइमार ? 

काठमाडौँ । यस बर्षको बेलुन डोअरको मनोनयन सार्वजनिक गरिएको छ । गएराती सार्वजनिक गरिएको ३० खेलाडीको मनोनयनमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, भिर्गिल भान डीकलगायातका खेलाडी मनोनयनमा परेका छन् । तर


z