• २०८१ बैशाख ८ शनिबार

इन्स्टाग्राम र ह्वाट्सएपको नाम परिवर्तन गर्दै फेसबुक 

kharibot

अमेरिका । सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो ह्वाट्सएप र इन्स्टाग्रामको नाम परिवर्तन गर्ने भएको छ । द इन्फर्मेसन पत्रिकाका अनुसार फेसबुकले आफ्ना दुई एप इस्टाग्राम र ह्वाट्सएपको नाम परिवर्तन गर्ने भएको हो । 

फेसबुकका एक प्रवक्ताले भन, ‘कम्पनीले आफ्नो उत्पादन र सेवालाई लिएर एक स्पष्ट बाटो अपनाउन चाहन्छ ।’ 

प्रयोगकर्ताले भने फेसबुकको यो कदमप्रति असन्तुष्टि व्यक्त गर्दै विभिन्न किसिमका ट्वीट गरेका छन् । 

केही महिना पहिला मात्रै फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक म्यासेन्जरलाई लिंक गर्ने घोषणा गरेको थियो । 

विभिन्न सञ्चार माध्यमका अनुसार सन् २०२० देखि ह्वाट्सएप र इन्स्टाग्रामलाई गूगलप्लेस्टोर र एप्पल एप स्टोरबाट नयाँ नामका साथ डाउनलोड गर्न सकिन्छ । तर, ती एपको नाम के राखिने भएको छ भन्नेबारे हालसम्म कम्पनीले कुनै जानकारी दिएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै