• २०८१ बैशाख १३ बिहीबार

‘प्रेमगीत ३’ का लागि सबै कलाकार छानिए, दशैँपछि शुटिंग शुरु हुने

kharibot

काठमाडौँ । बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’  को कास्टिङ लाइन पूरा भएको छ ।

दशैंपछि छायांकन सुरु भएर चैत २८ मा रिलिज हुने फिल्ममा अभिनेता प्रदीप खड्काले तेस्रो पटक ‘प्रेम’ को भूमिका निभाउँदैछन् । यसपटक डेभ्युटेन्ट क्रिस्टिना गुरुङ ‘गीत’ को भूमिकाका लागि छानिएकी छन् । गुरुङ करिब २७ सय युवतीलाई उछिन्दै ‘गीत’ को भूमिकाका लागि छानिएकी हुन् । 

प्रदीप र क्रिस्टिनासँगै फिल्ममा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, प्रेम पुरी, सन्तोष सेनले अभिनय गर्दैछन् । त्यस्तै फिल्ममा लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणालगायत कलाकारको रुपमा भित्रिएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

यो सँगै अब फिल्मका लागि कलाकार छनोट प्रक्रिया सकिएको सेनले बताएका छन् । निर्माण टिम चाँडै अभिनेता प्रदीपको क्यारेक्टर पोस्टर सार्वजनिक गर्ने तयारीमा छ । लामो समय फिल्ममा उनको प्रवेशलाई लिएर अन्योलता थियो । 

नाम नै ब्रान्ड बनिसकेको ‘प्रेमगीत’ को तेस्रो सिरिजलाई उत्कृष्ट बनाउन कुनै कञ्जुस्याँई नगर्ने निर्माता सेन बताउँछन् । उनी फिल्ममा भिलेनको भूमिकामा देखिँदैछन् । फिल्मको अधिकांश सिन भब्य सेट खडा गरेर खिचिँदैछ । केही दिनदेखि फिल्मका प्रमुख कलाकारहरु घोडा सवारी सिकिरहेका छन् । २ वर्ष पुरानो प्रेमकथामा फिल्म बन्न लागेको हो । 

छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गर्ने पिरियड ड्रामामा बाल कलाकार अनुभव रेग्मीले बाल्यकालको प्रदीप खड्का उर्फ ‘प्रेम’ को भूमिका निभाउँदैछन् । पुराना अभिनेता शिव श्रेष्ठको राजाको भूमिका छ । उनका दुई छोराको भूमिका प्रदीप र मनिषले निर्वाहा गर्दैछन् । ‘एक निषेधित प्रेमकथा’ भनिएको फिल्मको निर्माण लागत ३ करोड अनुमान गरिएको छ ।

यस अघि बनेका प्रेमगीत र प्रेमगीत-२ लाई दर्शकले अत्यधिक मन पराएका थिए । प्रेमगीतबाटै नेपाली फिल्म उद्योगले प्रदिप खड्काको रुपमा नयाँ स्टार पाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै