• २०८१ बैशाख १२ बुधबार

रोपेको जस्तो चिज उम्रिन खोजिराखेको छैन – प्रचण्ड 

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयनको विषयमा सरकारको काम प्रति असन्तुष्टि जनाएका छन् ।

चौथो सामुदायिक वन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राज्य संयन्त्रका प्रमुख जिम्मेवारीमा विगतको केन्द्रीकृत मानसिकता भएका व्यक्तिहरूको हालिमुहाली भएकाले संघीयता कार्यान्वयनमा अपेक्षा अनुसारको परिणाम आएको बताए ।

उनले पछिल्लो समय जनतामा संघीयताप्रति असन्तुष्टि बढाउने गरी प्रशासनिक तहबाट काम भइरहेको भन्दै आशंका व्यक्त गरेका छन् ।

प्रचण्डले गाउँगाउँमा सिंहदरबारको अधिकार जाओस् र जनताले सुख र समृद्धिको अनुभूति गरून् भन्ने अपेक्षा राखेर गणतन्त्र र संघीयताका लागि लडेकोमा त्यसअनुसार काम हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

प्रचण्डले भने, ‘हामीले सोचेको एउटा चिज थियो भइराखेको अर्कै छ। हामीले रोपेको एउटा चिज थियो उम्रिन अर्कै खोजिराख्या छ । रोपेको जस्तो चिज उम्रिन खोजिराखेको छैन ।’ 

उनले अगाडी भने, ‘पुरानो राज्य संयन्त्रबाट प्रशिक्षितहरू अहिले पनि कर्मचारीतन्त्रमा छन्। राजा महाराजाको व्यक्ति केन्द्रित स्कुलबाट प्रशिक्षित भएकाहरू केन्द्रीकृत सत्ता बलियो हुँदै जाओस् भन्ने चाहन्छन् ।’

प्रचण्डले नेकपाको सरकार सफल भयो भने मुलुकले नयाँ दिशा लिने र समृद्धि सफल हुने नभए यो पुस्ता नै असफल हुने बताए । उनले भने, 'नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि राम्रो काम नगर्ने हो भने हाम्रो पुस्ताका लागि राम्रो काम गर्ने अर्को पार्टी नै छैन । हामी असफल भयौँ भने राष्ट्र असफल हुन्छ। हामी असफल भयौँ भने कसैले पनि मुलुक सम्हाल्न सक्ने सम्भावना छैन ।'

स्थानीय  तह र प्रदेश सरकारलाई बलियो बनायो भने आर्थिक र प्रशासनिक जटिलता खडा गरिएको बताए । उनले भने, 'हामीले तीन तहको सरकार निर्माण गरेको सिंहदरबारको अधिकार तल पुर्यााउन गरेको हो । जनतालाई बोझ थप्न होइन । सबैले कर लगाएर करको भारी जनताको थाप्लोमा राख्ने भनेर तीन तहको सरकार बनाएको होइन । एउटै शीर्षकमा स्थानीय, प्रदेश र संघीय सरकारले कर लगाउन भनेको होइन। जनताको अधिकार स्थापित गर्ने भनेर गणतन्त्र र संघीयता ल्याएका हौँ।’

प्रचण्डले स्थानीय तहमा नै नागरिकताका समस्या समाधान होऊन्, रोजगारी, स्वास्थ्य शिक्षाका समस्या समाधा होऊन् भन्ने चाहेको तर अभ्यासमा भने संघीयताको नाममा जनतामाथि भार थप्ने र समस्या ल्याउने गरिएको बताए । 

प्रचण्डले दोहोरो, तेहोरो कर पर्दैन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ भन्दै बोझ पर्ने खालको काम माथिबाट हुन नहुने र समाजवाद उन्मुख भनेको माथिबाट कुरा लाद्ने होइन, जनताको अधिकार बढी हुने र राज्य निर्माणमा समुदायको सहभागिता बढाउने व्यवस्था भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै