अफगानिस्तानका मोहमद शाहजादलाई अनिश्चितकालीन प्रतिबन्ध

खरीबोट

काठमाडौँ । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद शाहजादलाई अफगानिस्तान क्रिकेट बोर्डले अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तानको क्रिकेट बोर्डले शनिबार शाहजादले बोर्डको खेलाडी आचारसंहिता उलंघन गरेको आरोप लगाउदै राष्ट्रिय टिमको कन्ट्रयाकबाट अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

बोर्डले बोर्डको नियम अनुसार कुनै पनि खेलाडी देश बाहिर जादा बोर्डको अनुमति लिनुपर्नेमा शाहजादले सो नियम उलंघन गरेको आरोप लगाएको छ ।

साथै बोर्डले शाहजादले बोर्डको नियम उलंघन गरेको पहिलो पटक नभएको बताउदै यस अघि पनि पटक पटक नियम उलंघन गरेको बताएको छ । ३२ बर्षिय शाहजादले अघिल्लो महिना विश्वकपको घटना सम्बन्धमा बोर्डको अनुशासन समितिले बयानका लागि बोलाउदा समेत उनी अनुपस्थित भएको जनाएको छ ।

शाहजादलाई विश्वकपकै बीचमा इन्जुरी भएको भन्दै देश फर्काएको थियो । तर अफगानिस्तान आएपछि शाहजादले आफु फिट भएको तर बोर्डले जबर्जस्ती इन्जुरी भएको भन्दै टिमबाट बाहिर निकालेको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार

वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिजमा पनि भारतको कब्जा

काठमाडौँ । वेस्टइन्डिज टुरमा रहेको भारतले एकदिवसीय सिरिज २-० ले जितेको छ । गएराती सम्पन्न तेस्रो खेलमा भारत डक-वर्थ लुइस नियम अनुसार ६ विकेटले विजयी हुदै एकदिवसीय सिरिज जितेको हो

अन्तिम खेलमा क्रिस गेलको आक्रामक ब्याटिंग

काठमाडौँ  । युनिभर्स बोसका उपनामले चह्र्चित क्रिस गेलले सम्भवत आफ्नो क्यारियरको अन्तिम एकदिवसीय खेलमा आक्रामक ब्याटिंग गरेका छन् । भारतविरुद्धको तेस्रो एकदिवसी खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्टइन्डिजका गेलले ३०

लाराको रेकर्ड तोडेपछि क्रिस गेल भन्छन्- नसोचेको भयो

काठमाडौँ । 'युनिभर्स बोस' का नामले चर्चित वेस्टइन्डिजका क्रिकेटर क्रिस गेलले एकदिवसीय क्रिकेट खेल खेल्दै नयाँ इतिहास बनाएका छन् । आइतबार गेलले भारतविरुद्ध आफ्नो तीन सयौं एकदिवसीय खेल खेलेका हुन्

वेस्टइन्डिजविरुद्ध विराट र भुवनेश्वरले भारतलाई जिताए 

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेल जितेको छ । गएराती सम्पन्न खेलमा भारतडक वर्थ लुइस नियम अनुसार ५९ रनले विजयी भएको हो । भारतले पहिलो इनिंगमा २७९ रन बनाएपनि बर्षाले प्रभावित


z