• २०८१ बैशाख ४ मंगलबार

एथलेटिकोले युभेन्टसलाई हरायो, फेलिक्सको उत्कृष्ट खेल

kharibot

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत एथलेटिको म्याड्रिडले युभेन्टसलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा एथलेटिकोले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एथलेटिकोको जितमा पोर्चुगलका युवा खेलाडी जोअओ फेलिक्स र थोमस लेमारले एक एक गोल गरेका थिए । दुवै गोलमा फेलिक्स र लेमारले नै असिष्ट समेत गरेका थिए । युभेन्टसका लागि एक गोल सामी खेदिराले गरेका थिए ।

पोर्चुगलका दुई खेलाडी क्रिस्टियानो रोनाल्डो भर्सेज फेलिक्सको खेलको रुपमा लिइएको यस खेलमा रोनाल्डोले गोल गर्न सकेकन भने ला लिगाको प्रिसिजन अगाडी फेलिक्सले निकै प्रभावित गरेका छन् । उनलाई अब विश्व फुटबलको नयाँ सुपरस्टारको रुपमा हेरिएको छ ।

यसका साथै प्रिसिजनका खेलेका सबै खेल जितेको छ भने युभेन्टसले भने केवल एक खेल जितेको छ । युभेन्टसले प्रिसिजनमा इन्टरमिलानलाई पेनाल्टी सुटआउटमा हराएको थियो भने टोटनह्यामसँग ३-२ गोलले पराजित भएको थियो । त्यस्तै एथलेटिको भने प्रिसिजनमा खेलेका सबै पांच खेलमा जित हासिल गरेको छ, जसमा रियल म्याड्रिड माथिको ७-३ को चर्चित जित समावेश छ ।  

यो सँगै युभेन्टस र एथलेटिकोका प्रिसिजन खेल सकिएका छन् भने अब अर्को साता देखि सिरी ए र ला लिगा शुरु हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै