• २०८१ बैशाख ७ शुक्रबार

टोटनहयामको जितमा हयारी केनको दुई गोल

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एस्टन भिल्लालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । 

एस्टन भिल्लाले खेलको नवौ मिनेटमा अग्रता लिएपनि दोस्रो हाफमा टोटनह्यामले उत्कृष्ट कमब्याक गर्दै खेल जितेको थियो ।

टोटनह्यामको जितमा खेलको अन्तिम ५ मिनेटमा हयारी केनले २ गोल गरेका थिए भने खेलको ७३औ मिनेटमा टानगाय एनडोमबेलेले प्रिमियर लिगमा डेभ्यु गोल गर्दै खेल बराबरी गरेका थिए ।

विजयी सुरुवात गरेको टोटनह्यामले अब लिगको दोस्रो खेलमा म्यानचेस्टर सिटीसँग खेल्ने छ भने एस्टन भिल्लाले बर्नमाउथको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै