सोमपालको टिम विन्नीपेग ग्लोबल टी-२० को फाइनलमा

खरीबोट

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० लिग अन्तर्गत विन्नीपेग हवक्स फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा विन्निपेगले ब्रम्पटन वोल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

ब्रम्पटनले दिएको २०१ रनको लक्ष्य पछाएको विन्नीपेगले २० ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

विन्नीपेगका लागि शैमान अनवरले २३ बलमा सर्वाधिक ५२ रन बनाएका थिए भने जीपी डुमिनीले ३४ बलमा अविजित ५० रन बनाएका थिए । त्यस्तै सन्नी सोहलले ४१ तथा क्रिस लिनले ३५ रन बनाएका थिए । त्यस्तै डवाने स्मिथले ११ बलमा अविजित १७ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको ब्रम्पटनले २० ओभरमा ७ विकेट गुमाउदै २०० रन बनाएको थियो ।

ब्रम्पटनका लागि डारेन सामीले सर्वाधिक ३३ रन बनाए भने बबर ह्यात र शहिद अफ्रिदीले ३२-३२ रन बनाए भने वहाव रियाजले २३, जर्ज मुनसीले २२, रोहन मुस्तफाले १४ रन बनाएका थिए ।

विन्नीपेगका बलर रायद एमरीटले ३ विकेट लिए भने कालीम सानाले २ विकेट लिएका थिए । 

नेपाली बलर सोमपाल कामीले यस खेलमा प्लेइङ इलेभेनमा परेनन् । पहिलो पटक अन्तर्राष्ट्रिय फ़्रेन्चाइजी टी-२० लिग खेलिरहेका सोमपालले यस अघि केवल एक खेल खेलेका छन् ।

यस खेलमा नखेलेपनि सोमपालले सबस्टिच्युट फिल्डरको रुपमा मैदानमा आएर पाकिस्तानी आक्रामक ब्याट्सम्यान शहिद अफ्रिदीको क्याच लिएका थिए ।

अब यस बर्षको ग्लोबल टी-२० लिगको फाइनल खेल आजराती भान्कोवर नाइट्स र विन्नीपेग ह्वक्सबीच हुने भएको छ ।

सम्बन्धित समाचार

सोमपालको टिम विन्नीपेगले जित्यो ग्लोबल टी-२० को उपाधि

काठमाडौँ । क्यानाडामा भएको ग्लोबल टी-२० को उपाधि विन्नीपेग ह्वक्सले जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा विन्निपेगले भान्कोवर नाइटलाई सुपरओभरमा पराजित गर्दै ग्लोबल टी-२० लिगको उपाधि जितेको हो । विन्नी

सोमपालको टिम विन्नीपेग ग्लोबल टी-२० को फाइनलमा

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० लिग अन्तर्गत विन्नीपेग हवक्स फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा विन्निपेगले ब्रम्पटन वोल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । ब्रम्पटनले दिएको २०१ रनको

सन्दीपको टोरन्टो बाहिरियो, विन्निपेग इलिमिनेटरमा

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० लिगमा विन्निपेग ह्वक्स इलिमिनेटरमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा विन्निपेगले दक् वर्थ लुइस नियमका आधारमा टोरोन्टोलाई २ रनले पराजित गर्दै प्रतियोगिताको इलिमिनेटरमा पुगेको

ग्लोबल टी-२० मा म्याच फिक्सिङको आरोप !

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० मा म्याच फिक्सीङको आरोप लागेको छ । हाल ग्लोबल टी-२० लिगमा विन्नीपेग ह्वक्सबाट खेलिरहेका पाकिस्तानका खेलाडी उमर अकमलले पुर्व टेस्ट खेलाडी मन्सूर अख्तरले खेल फिक्स


z