• २०८१ बैशाख १२ बुधबार

सोमपालको टिम विन्नीपेग ग्लोबल टी-२० को फाइनलमा

kharibot

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० लिग अन्तर्गत विन्नीपेग हवक्स फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा विन्निपेगले ब्रम्पटन वोल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

ब्रम्पटनले दिएको २०१ रनको लक्ष्य पछाएको विन्नीपेगले २० ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

विन्नीपेगका लागि शैमान अनवरले २३ बलमा सर्वाधिक ५२ रन बनाएका थिए भने जीपी डुमिनीले ३४ बलमा अविजित ५० रन बनाएका थिए । त्यस्तै सन्नी सोहलले ४१ तथा क्रिस लिनले ३५ रन बनाएका थिए । त्यस्तै डवाने स्मिथले ११ बलमा अविजित १७ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको ब्रम्पटनले २० ओभरमा ७ विकेट गुमाउदै २०० रन बनाएको थियो ।

ब्रम्पटनका लागि डारेन सामीले सर्वाधिक ३३ रन बनाए भने बबर ह्यात र शहिद अफ्रिदीले ३२-३२ रन बनाए भने वहाव रियाजले २३, जर्ज मुनसीले २२, रोहन मुस्तफाले १४ रन बनाएका थिए ।

विन्नीपेगका बलर रायद एमरीटले ३ विकेट लिए भने कालीम सानाले २ विकेट लिएका थिए । 

नेपाली बलर सोमपाल कामीले यस खेलमा प्लेइङ इलेभेनमा परेनन् । पहिलो पटक अन्तर्राष्ट्रिय फ़्रेन्चाइजी टी-२० लिग खेलिरहेका सोमपालले यस अघि केवल एक खेल खेलेका छन् ।

यस खेलमा नखेलेपनि सोमपालले सबस्टिच्युट फिल्डरको रुपमा मैदानमा आएर पाकिस्तानी आक्रामक ब्याट्सम्यान शहिद अफ्रिदीको क्याच लिएका थिए ।

अब यस बर्षको ग्लोबल टी-२० लिगको फाइनल खेल आजराती भान्कोवर नाइट्स र विन्नीपेग ह्वक्सबीच हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै