भारतीय काँग्रेसको अन्तरिम अध्यक्ष बनिन् सोनिया गान्धी

खरीबोट

नयाँ दिल्ली । सोनिया गान्धी भारतीय काँग्रेसको अन्तरिम अध्यक्ष बनेकी छन् । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सोनियालाई अर्को अध्यक्ष चयन नहुन्जेल अन्तरिम अध्यक्ष बनाएको छ ।

यस अघि राहुल गान्धीले निर्वाचनमा पार्टीको पराजय हुनासाथ पार्टी अध्यक्ष पदबाट राजीनामा गरेका थिए । अब गान्धी परिवार बाहिरबाट काँग्रेस अध्यक्ष हुने सबैको अनुमान विपरित सोनिया गान्धी फेरी अध्यक्ष बनेकी छन् ।

सोनियाले सन् १९९८ देखि २०१७ सम्म काँग्रेस अध्यक्षको भूमिका निभाएकी थिइन् । २०१७ मा राहुल गान्धी अध्यक्ष बनेका थिए ।    

यस अघि शनिबार बिहानको बैठकले सोनिया गान्धी, राहुल, प्रियङ्का, मनमोहन सिंह र अहमद पटेललाई क्षेत्रगत रूपमा परामर्श गरी साँझसम्म नयाँ नेतृत्व चयनका लागि जिम्मेवारी दिएको थियो ।

सम्बन्धित समाचार

कोलकोताको एक अदालतद्वारा शशी थरुरलाई गिरफ्तारको आदेश

नयाँ दिल्ली । भारतीय काँग्रेसका सांसद तथा पुर्व विदेश राज्यमन्त्री शशी थरुरलाई कोलकोताको एक अदालतले गिरफ्तारको आदेश दिएको छ । गत बर्ष थरुरले दिएको एक बयानका कारण अदालतले उनलाई गिरफ्तारको आदेश

भारतीय काँग्रेसको अन्तरिम अध्यक्ष बनिन् सोनिया गान्धी

नयाँ दिल्ली । सोनिया गान्धी भारतीय काँग्रेसको अन्तरिम अध्यक्ष बनेकी छन् । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सोनियालाई अर्को अध्यक्ष चयन नहुन्जेल अन्तरिम अध्यक्ष बनाएको छ । यस अघि राहुल

डिस्कभरी च्यानलको 'म्यान भर्सेस वाइल्ड' मा नरेन्द्र मोदी 

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कभरी च्यानलबाट प्रसारित हुँदै आएको चर्चित टेलिभिजन कार्यक्रम 'म्यान भर्सेस वाइल्ड' मा देखिने भएका छन् । उक्त शोका सञ्चालक बियर ग्रिल्सले सोमबार आफ्नो ट्वीटरमा यसको

भारतीय काँग्रेसको अध्यक्षबाट राहुल गान्धीको राजीनामा

नयाँ दिल्ली । भारतीय नेशनल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बुधबार पदबाट राजीनामा दिएका छन् । राहुले काँग्रेस पार्टीको अध्यक्ष नरहेको र केन्द्रीय समितिलाई नयाँ नेतृत्व चयन गर्न आग्रह गर्दै


z