• २०८१ बैशाख ७ शुक्रबार

भारतीय काँग्रेसको अन्तरिम अध्यक्ष बनिन् सोनिया गान्धी

kharibot

नयाँ दिल्ली । सोनिया गान्धी भारतीय काँग्रेसको अन्तरिम अध्यक्ष बनेकी छन् । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सोनियालाई अर्को अध्यक्ष चयन नहुन्जेल अन्तरिम अध्यक्ष बनाएको छ ।

यस अघि राहुल गान्धीले निर्वाचनमा पार्टीको पराजय हुनासाथ पार्टी अध्यक्ष पदबाट राजीनामा गरेका थिए । अब गान्धी परिवार बाहिरबाट काँग्रेस अध्यक्ष हुने सबैको अनुमान विपरित सोनिया गान्धी फेरी अध्यक्ष बनेकी छन् ।

सोनियाले सन् १९९८ देखि २०१७ सम्म काँग्रेस अध्यक्षको भूमिका निभाएकी थिइन् । २०१७ मा राहुल गान्धी अध्यक्ष बनेका थिए ।    

यस अघि शनिबार बिहानको बैठकले सोनिया गान्धी, राहुल, प्रियङ्का, मनमोहन सिंह र अहमद पटेललाई क्षेत्रगत रूपमा परामर्श गरी साँझसम्म नयाँ नेतृत्व चयनका लागि जिम्मेवारी दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै