अन्नपूर्ण पदमार्गमा हामखोला झरना पर्व आयोजना

खरीबोट

लमजुङ । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण पदमार्गमा हामखोला झरना पर्व (वाटरफल फेस्टिबल) २०७६ सञ्चालन गरेको छ ।

शनिबार महोत्सव हामखोला व्यवस्थापन समिति भुलभुलेद्वारा सो पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा सो पर्व (फेस्टिबल) को आयोजना गरिएको हो । 

यस पर्वको उद्घाटन गर्दै सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यस महोत्सवले गाउँपालिकासँगै पूरै जिल्लाको प्रचारप्रसार भएकाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

आगामी दिनमा यस झरनालाई थप व्यवस्थित बनाउँदै पर्यटकको मुख्य आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको उनको भनाइ छ । गाउँपालिकाभित्र अन्नपूर्ण पदमार्ग रहेकाले पनि बाह्य तथा आन्तरिक पर्यटक आउने हुँदा विभिन्न पर्यटकीयस्थल निर्माण गर्ने उनले बताए । हामखोला झरना महोत्सव उपसमितिका संयोजक प्रमोद घलेले भने, “भम्रण वर्ष सफल बनाउन र पर्यटकीय सम्भावना गाउँपालिकाका रुपमा चिनाउनका लागि सो महोत्सव आयोजना गरिएको छ ।” गाउँपालिकाको रु एक लाख सहयोगमा यस महोत्सव आयोजना गरिएको समितिका सचिव रवि थापाले बताए । 

महोत्सवमा डिजे डेकिङको विशेष प्रस्तुति रहेको थियो । साथमा स्थानीय कलाकारलेसमेत सांस्कृतिक प्रस्तुति देखाएको थियो । सो महोत्सव तथा झरना हेर्नका लागि जिल्ला र जिल्ला बाहिरका पर्यटककोसमेत बाक्लो उपस्थित थियो ।

करीब ७० मिटर माथिबाट पानी झरेको झरना नजिकै आन्तरिक तथा बाह्य पर्यटकका लागि तीन वटा स्वीमिङ पुलसमेत बनाउन थालिएको छ । गत वर्ष गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करीब रु १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे फललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।

सम्बन्धित समाचार

विमानभित्र डेंगुको औषधि छर्ने व्यवस्था मिलाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा डेङ्गुको प्रकोपबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरणका लागि निर्देशन दिएका छन् ।  लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट

बुद्ध एयरले भन्यो- पर्यटनमन्त्री भट्टराई चढेको विमान २४ मिनेट ढिला उड्यो  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसँग विमानभित्र यात्रुहरू आक्रोशित बनेको विषयमा बुद्ध एयरले आफ्नो धारणा सार्वजनिक गरेको छ । बुद्ध एयरले एक विज्ञप्ति जारी गर्दै विमान तोकिएको समयभन्दा

डेंगु नियन्त्रण नहुँदा पोखराका पर्यटन व्यवसायी चिन्तित

चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकारले यतिबेला आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको छ । यही समयमा कास्कीलगायतका अन्य जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ । डेङ्गु नियन्त्रणका लागि स्थानीय टोल विकास

पर्वलाई पर्यटनसँग जोडौँ : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् । इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाल यति बेला आर्थिक, सामाजिक


z