• २०८१ बैशाख ७ शुक्रबार

क्रिस गेलले तोड्दै छन् ब्रायन लाराको यस्तो रेकर्ड

kharibot

काठमाडौँ । युनिभर्स बोस क्रिस गेल आज आफ्नो क्यारियरको तीन सयौ एकदिवसीय खेल खेल्दै छन् । 

गेल आफ्नो क्यारियरको अन्तिम सिरिज खेलिरहेका बेला उनले यो खेल पछि कैयौ रेकर्ड बनाउने तयारी समेत गरेका छन् ।

३९ बर्षिय गेलले अहिलेसम्म २९९ एकदिवसीय खेल खेलेका छन् । जसमा ३७.८० को औसतले १०३९७ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा गेलले २५ शतक र १६७ अर्धशतक बनाएका छन् ।

यस खेलपछि गेल ३ सय एकदिवसीय क्रिकेट खेल खेल्ने पहिलो वेस्टइन्डिजका खेलाडी बन्ने छन् । यस अघि वेस्टइन्डिजका लागि ब्रायन लाराले २९९ एकदिवसीय खेल खेलेका थिए । यो खेल खेल्नासाथ गेल विश्वमा तीन सय एकदिवसीय खेल खेल्ने २१औ खेलाडी हुने छन् । एकदिवसीय क्रिकेटमा धेरै खेल खेल्ने रेकर्ड सचिन तेन्दुलकरको नाममा छ । सचिनले ४६३ एकदिवसीय खेल खेलेका छन् । 

साथै गेलले एकदिवसीय क्रिकेटमा लाराले बनाएको १०४०५ लाई उछिन्न केबल ९ रन टाढा रहेका छन् । थप ९ रन बनाउनासाथ गेल वेस्टइन्डिजका लागि एकदिवसीय खेलमा धेरै रन बनाउने खेलाडी बन्ने छन् । पहिलो खेलमा भने ३१ बल खेलेर केवल ४ रन बनाउदै आउट भएका थिए ।

भारतविरुद्धको टेस्ट सिरिजमा वेस्टइन्डिजको टिममा नपरेका गेल अब आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट क्यारियरमा अब आजसहित दुई एकदिवसीय क्रिकेट खेल्ने छन् । 
        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै