प्रिमियर लिग अन्तर्गत आर्सनलको विजयी सुरुवात

खरीबोट

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा पिएर-एमरिक अउबामेयांगले खेलको एक मात्र गोल गरेका थिए । उनले खेलको ५८औ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल हुन पुग्यो ।

२०१८ फेब्रुअरीमा आर्सनलमा आएका अउबामेयांगको यो आर्सनलका लागि ३३औ गोल हो । उनले आर्सनलका लागि आफ्नो ५०औ प्रिमियर लिग खेल्दै ३३ गोल गरेका छन् । उनी आर्सनलका लागि पहिलो ५० खेल खेल्दा अहिलेसम्म धेरै गोल गर्ने खेलाडी समेत हुन् ।

आर्सनलले लिगमा अब आफ्नो दोस्रो खेल आगामी शनिबार बर्नलीविरुद्ध खेल्दै छ ।

सम्बन्धित समाचार

ब्रेण्डम म्याकुलम बने कोलकोता नाइट राइडर्सको प्रमुख कोच

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टिम कोलकोता नाइट राइडर्सले न्युजील्याण्डका पुर्व कप्तान ब्रेण्डम म्याकुलमलाई प्रमुख कोचमा नियुक्त गरेको छ । कोलकोताले आज एक विज्ञप्ति जारी गर्दै म्याकुलमलाई प्रमुख कोच बनाएको

इपिएलको आयोजना मितिको घोषणा

काठमाडौँ । नेपालको टी-२० क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) को तेस्रो सिजनको आयोजना मिति घोषणा गरिएको छ । इपिएलको तेस्रो सिजन आउदो फेब्रुअरी २९ देखि मार्च १४ सम्म (फाल्गुन १७ देखि

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको फराकिलो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले चेल्सीलाई ४-० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका

टोटनहयामको जितमा हयारी केनको दुई गोल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।  एस्टन भिल्लाले खेलको नवौ मिनेटमा अग्रता


z