• २०८१ बैशाख ७ शुक्रबार

प्रिमियर लिग अन्तर्गत आर्सनलको विजयी सुरुवात

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा पिएर-एमरिक अउबामेयांगले खेलको एक मात्र गोल गरेका थिए । उनले खेलको ५८औ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल हुन पुग्यो ।

२०१८ फेब्रुअरीमा आर्सनलमा आएका अउबामेयांगको यो आर्सनलका लागि ३३औ गोल हो । उनले आर्सनलका लागि आफ्नो ५०औ प्रिमियर लिग खेल्दै ३३ गोल गरेका छन् । उनी आर्सनलका लागि पहिलो ५० खेल खेल्दा अहिलेसम्म धेरै गोल गर्ने खेलाडी समेत हुन् ।

आर्सनलले लिगमा अब आफ्नो दोस्रो खेल आगामी शनिबार बर्नलीविरुद्ध खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै