काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेल जितेको छ ।
गएराती सम्पन्न खेलमा भारतडक वर्थ लुइस नियम अनुसार ५९ रनले विजयी भएको हो ।
भारतले पहिलो इनिंगमा २७९ रन बनाएपनि बर्षाले प्रभावित खेलमा वेस्टइन्डिजलाई ४६ ओभरमा २७० रनको लक्ष्य दिइएको थियो ।
२७० रनको लक्ष्य पछाएको वेस्टइन्डिज ४२ ओभरमा २१० रन बनाउदा अलआउट भएको थियो । वेस्टइन्डिजका लागि एविन लुइसले सर्वाधिक ६५ रन बनाए भने निकोलस पुरनले ४२ रन बनाए । त्यस्तै शिमरन हिटमेयर र रोस्टन चेजले १८-१८ रन्को योगदान दिएका थिए ।
भारतका बलर भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए भने मोहमद सामी र कुलदीप यादवले २-२ विकेट लिए । त्यस्तै खलिल अहमद र रविन्द्र जदेजाले एक एक विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउदै २७९ रन बनाएको थियो ।
भारतका लागि कप्तान विराट कोहलीले शतकीय पारी खेलेका थिए । विराटले आफ्नो ४२औ एकदिवसीय शतक बनाएका थिए । त्यस्तै श्रेयश अय्यरले ७१ रनको पारी खेलेका थिए ।
त्यस्तै रिषव पन्तले २०, रोहित शर्माले १८ तथा केदार जादभ र रविन्द्र जडेजाले १६-१६ रन बनाएका थिए ।
वेस्टइन्डिजका बलर कार्लोस ब्रेथवेटले सर्वाधिक ३ विकेट लिए भने जासन होल्डर रोस्टन चेज र कोट्रेलले एक एक विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच भारतका विराट कोहली बनेका थिए ।
तीन खेलको एकदिवसीय सिरिजमा भारत १-० ले अगाडी भएको छ भने अब अन्तिम खेल अगष्ट १४ मा हुदै छ ।