• २०८१ बैशाख १४ शुक्रबार

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको फराकिलो जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले चेल्सीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लागि मार्कोस राशफोर्डले २ गोल गरेका थिए भने एन्टोनी मार्सियल र डेनियल जेम्सले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको युनाइटेडले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

प्रिमियर लिगको पहिलो खेलमा युनाइटेडको यो लगातर पाँचौ जित हो भने चेल्सीको प्रिमियर लिगको इतिहासमै यो पहिलो खेलमा भएको ठुलो हार हो । साथै चेल्सीका नयाँ म्यानेजर फ्रान्क लाम्पार्डको म्यानेजरको रुपमा पहिलो खेलमा नै ठुलो हार बेहोरेका छन् ।

अब दोस्रो खेलमा युनाइटेडले वल्भ्सविरुद्ध खेल्ने छ भने चेल्सीले भने लेस्टरसिटीको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै