सोमपालको टिम विन्नीपेगले जित्यो ग्लोबल टी-२० को उपाधि

खरीबोट

काठमाडौँ । क्यानाडामा भएको ग्लोबल टी-२० को उपाधि विन्नीपेग ह्वक्सले जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा विन्निपेगले भान्कोवर नाइटलाई सुपरओभरमा पराजित गर्दै ग्लोबल टी-२० लिगको उपाधि जितेको हो ।

विन्नी पेगले दिएको १९३ रनको लक्ष्य पछाएको भान्कोवर २० ओभरमा ६ विकेट गुमाउदै १९२ रनमा सिमित भएपछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो । भान्कोवरका लागि आन्द्रे रसेलले २० बलमा आक्रामक ४६ रनको पारी खेले पनि टिमलाई जिताउन असफल रहे । त्यस्तै शोयब मल्लिकले ३६ बलमा ६४ रन बनाएका थिए ।

यस अघि विन्नीपेगका लागि युएईका शैमान अनवरले ४५ बलमा ९० रनको पारी खेलेका थिए । त्यस्तै क्रिस लिनले ३७, जेपी डुमिनीले ३३ रनको योगदान दिएका थिए । भान्कोभरका लागि आन्द्रे रसेलले ४ विकेट लिएका थिए ।

सुपर ओभरमा भान्कोवरले २ विकेट गुमाएर केबल ९ रन मात्र बनाएपछि विन्नीपेगले जितका लागि १० रनको लक्ष्य पाएको थियो । विन्नीपेगले सो लक्ष्य ४ बलमा पुरा गर्दै उपाधि जितेको थियो ।

यस प्रतियोगितामा सन्दीप लामिछाने र सोमपाल कामीले भाग लिएका थिए । सन्दीपले यस खेलमा कुल चार खेल खेले भने उनले ४ खेलमा कुल ५ विकेट लिए । जसमा उनको उत्कृष्ट प्रदर्शन ३४ रन दिएर २ विकेट रह्यो ।

त्यस्तै पहिलो पटक अन्तर्राष्ट्रिय फ़्रेन्चाइजी टी-२० खेलेका सोमपालका लागि अनुबव बटुल्ने अवसर मात्र बन्यो । उनले यस प्रतियोगितामा एक खेल खेल्ने अवसर पाए भने केवल २ ओभर बलिङ गरे । जसमा उनी महँगो साबित भएका थिए । उनले २ ओभरमा ३३ रन दिए भने ब्याटिंग गर्दै एक रन बनाए ।

सम्बन्धित समाचार

सोमपालको टिम विन्नीपेगले जित्यो ग्लोबल टी-२० को उपाधि

काठमाडौँ । क्यानाडामा भएको ग्लोबल टी-२० को उपाधि विन्नीपेग ह्वक्सले जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा विन्निपेगले भान्कोवर नाइटलाई सुपरओभरमा पराजित गर्दै ग्लोबल टी-२० लिगको उपाधि जितेको हो । विन्नी

सोमपालको टिम विन्नीपेग ग्लोबल टी-२० को फाइनलमा

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० लिग अन्तर्गत विन्नीपेग हवक्स फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा विन्निपेगले ब्रम्पटन वोल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । ब्रम्पटनले दिएको २०१ रनको

सन्दीपको टोरन्टो बाहिरियो, विन्निपेग इलिमिनेटरमा

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० लिगमा विन्निपेग ह्वक्स इलिमिनेटरमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा विन्निपेगले दक् वर्थ लुइस नियमका आधारमा टोरोन्टोलाई २ रनले पराजित गर्दै प्रतियोगिताको इलिमिनेटरमा पुगेको

ग्लोबल टी-२० मा म्याच फिक्सिङको आरोप !

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० मा म्याच फिक्सीङको आरोप लागेको छ । हाल ग्लोबल टी-२० लिगमा विन्नीपेग ह्वक्सबाट खेलिरहेका पाकिस्तानका खेलाडी उमर अकमलले पुर्व टेस्ट खेलाडी मन्सूर अख्तरले खेल फिक्स


z