नेइमार बिना पिएसजीको विजयी सुरुवात

खरीबोट

काठमाडौँ । फ्रेन्च लिग वानअन्तर्गत पिएसजीले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले निम्सविरुद्ध ३-० को जित हासिल गरेको हो । 

पिएसजीका लागि एडिसन कभानी, किलीयन एम्बाप्पे र एन्जल डिमारियाले एक एक गोल गरेका थिए । 

ब्राजिलियन खेलाडी नेइमारले क्लब छोड्ने विवादका बीच उनको अनुपस्थितिमा पिएसजीले सिजनको राम्रो सुरुवात गरेको हो ।

गत छ सिजनमा लगातार उपाधि जित्दै आएको पिएसजीले जितसँगै नयाँ सिजनको सुरुवात गरेपछि अब पिएसजीलाई नेइमारको आवश्यकता नभएको सन्देश समेत गएको छ ।

 

यस खेलमा गोल गरेसँगै एम्बाप्पेले सन् २०१९ मा २१ गोल गरेका छन् । उनी सन् २०१९ मा लियोनेल मेसीसँगै २१-२१ गोल गर्ने खेलाडी समेत बनेका छन् ।

यस खेलमा पिएसजीका फ्यानहरु भने नेइमारविरूद्ध उत्रिएका छन् । उनीहरुले यस खेलमा नेइमारलाई गाली गर्दै क्लबबाट छिटो बाहिर जान भन्दै नाराबाजी गरेका थिए ।       
 

सम्बन्धित समाचार

नेइमार बिना खेलेको पिएसजी पराजित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले खराब सुरुवात गरेको छ । गएराती भएको खेलमा पिएसजी पराजित भएको हो । पिएसजीलाई रेन्नेजले २-१ गोल अन्तरले पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको

नेइमार बिना पिएसजीको विजयी सुरुवात

काठमाडौँ । फ्रेन्च लिग वानअन्तर्गत पिएसजीले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले निम्सविरुद्ध ३-० को जित हासिल गरेको हो ।  पिएसजीका लागि एडिसन कभानी, किलीयन एम्बाप्पे र एन्जल

पिएसजीले जित्यो ट्रफी डेस च्याम्पियन्सको उपाधि

काठमाडौँ । पिएसजीले ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ । हरेक बर्ष फ्रेन्च लिग वान विजेता र कोपा डे फ्रान्सको विजेता विच हुने यो खेल पिएसजीले यो सहित नवौ पटक जितेको यो

पिएसजी नछोड्न नेइमारलाई एम्बाप्पेको आग्रह

काठमाडौँ । ब्राजिलियन स्टार फुटबलर नेइमारले पिएसजी छोड्ने अडान लिइरहेका बेला पिएसजीकै अर्का युवा स्टार खेलाडी किलियन एम्बाप्पेले नेइमारलाई पिएसजी नछोड्न अनुरोध गरेका छन् । नेइमारले बार्सिलोना जाने पहल गरिरहेका बेला


z