अध्यक्ष प्रचण्डद्वारा इदको शुभकामना

खरीबोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।

इदका अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याउन सकोस् भनी कामना गरेका छन् ।

विविध जातजाति, भाषाभाषी, धर्म संस्कृतिभित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय रहेको बताए ।

पुराना सोच, संरचना, मूल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरी नयाँ सोच, मूल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती औँल्याउँदै उनले समाजवादको आधार तयार गर्ने दिशाअनुरुप आफूलाई परिस्कृत गर्न सम्पूर्ण देशवासीमा आह्वान गरेका छन् ।

सम्बन्धित समाचार

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : अध्यक्ष प्रचण्ड

धनुषा । नेपाल कम्युनिष्ट पार्टी नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त

वर्तमान सरकार पाँच वर्ष रहन्छ : अध्यक्ष प्रचण्ड

धनुषा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग  कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने

अध्यक्ष प्रचण्डद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन्

युवाले आँट गरे नेपाल समृद्ध बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताएका छन् । लियो क्लबले आज यहाँ आयोजना गरेको


z