• २०८१ बैशाख ७ शुक्रबार

कुली नम्बर वानको रिमेकको मोशन पोष्टर सार्वजनिक 

kharibot

मुम्बई । बलिवुडको चर्चित फिल कुली नम्बर वानको रिमेकको अहिले शुटिंग जारी रहेको छ । सन् १९९५ मा बनेको गोविन्दाको चर्चित फिल्म कुली नम्बर वानको रिमेकमा वरुण धवनले अभिनय गरिरहेका छन् ।

यसै बीच फिल्मको पहिलो पोस्टर रिलिज गरिएको छ । पिता डेविड धवनले निर्देशन गरिरहेको यस फिल्मको पोष्टरमा वरुण गोविन्दाको गेटअपमा देखिएका छन् । डेभ्यु गरेदेखि नै सफल फिल्ममा अभिनय गरेका बरुणलाई कुलीको अवतारमा अत्यन्त राम्रो देखिएको छ

ओर्जिनल कुली नम्बर वानमा गोविन्दाको अपोजिटमा करिश्मा कपुर थिइन् भने रिमेकमा बरुणको अपोजिटमा सारा अली खानले अभिनय गर्दै छन् ।

अहिले बैंककमा शुटिंग भैरहेको यो फिल्म अर्को बर्षको मे १ मा रिलिज हुने छ ।                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै