• २०८१ बैशाख ८ शनिबार

नेशनल अवार्ड जितेको 'बधाई हो' को सिक्वेल बन्ने 

kharibot

मुम्बई । बलिवुडमा गत बर्षको सुपरहिट फिल्म मध्येको एक फिल्म 'बधाई हो' को सिक्वेल बन्ने भएको छ । हालै भारतीय नेशनल अवार्ड समेत जितेको यस फिल्मको सिक्वेल बनाउने घोषणा निर्माताहरुले गरेका छन् ।

यस फिल्मले २०१८ को बेस्ट इन्टरटेनमेन्ट फिल्मको राष्ट्रिय अवार्ड जितेको थियो भने यस फिल्मबाट बेष्ट सपोर्टिंग अभिनेत्रीको अवार्ड सुरेखा सिकरीले जितेकी थिइन् ।

जंगली पिक्स्चर्सका निर्माता विनित जैनले राष्ट्रिय अवार्ड पाए पछि झन् उत्साहित बनेको भन्दै यसको सिक्वेल अर्को बर्ष बन्ने गरि तयारी भइरहेको बताएका छन् ।

अहिले फिल्मको स्क्रिप्ट तयार हुदै गरेको बताइएको छ भने बधाई हो मा जस्तै बधाई हो -२ मा पनि पारिवारिक कथा हुने बताइएको छ ।

२५ करोडको कम बजेटमा बनेको यस फिल्मले गत बर्ष भारतीय बक्सअफिसमा १३७ करोड कलेक्सन गरेको थियो । आयुष्मान खुराना, सान्या मलहोत्रा अभिनित यस फिल्मलाई अमित रविंदरनाथ शर्माएल निर्देशन गरेका थिए ।

सिक्वेलको घोषणा सँगै यो फिल्म तामिल, तलेगु, कन्नड र मलायलम भाषामा समेत बन्न लागेको छ । सिक्वेलमा पुरानै कलाकार दोहोरिन्छन् या नयाँ कलाकार हुन्छन भन्ने बारे अझै खुलाइएको छैन ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै