• २०८१ बैशाख ८ शनिबार

स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फर्किए 

kharibot

काठमाडौं । स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली सोमबार सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विमास्थलमा सधै पत्रकारहरुसँग कुराकानी गर्ने गरेको भए पनि यस पटक प्रधानमन्त्रीले कुनै प्रतिक्रिया दिएनन् ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, नेकपा नेता सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए । 

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै