• २०८१ बैशाख ७ शुक्रबार

पर्साको एक पेट्रोलपम्पमा सिलबन्दी

kharibot

पर्सा । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलीयम पदार्थ विक्री गर्दै आएको हेटाँैडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो ।

सो फ्युल सेन्टरलाई  आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिनाका साथै ठगी मुद्दा चलाइएको कार्यालय प्रमुख शशीभूषण यादवले बताए । यसैगरी हेटाँैडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको एसियन पेन्टस् उद्योगले अनुमतिभन्दा बढी नापतौलका उपकरण प्रयोग गरेकाले सो उद्योगलाई समेत कारबाहीको दायरामा ल्याइएको छ ।

पेट्रोलियम पदार्थ वितरण गर्दा पम्पहरुमा स्फटवेयर प्रणालीबाट भइरहेको ठगी सम्बन्धमा पहिलोपटक सो ठगीबारे पत्ता लागेको कार्यालयका प्रमुख यादवले बताए । उक्त कार्यालयले आव २०७५÷७६ मा अनियमितता गर्ने ५९५ कम्पनीलाई कारबाही गरी रु ८६ लाख ७१ हजार तीन जरिवाना असुल गरेको छ । सो अवधिमा ८९१ पम्पमा  जाँच गरिएको थियो भने एक हजार ३७९ व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्रको जाँच गराएका थिए ।

सो कार्यालयले आव २०७५÷७६ मा बारा जिल्लाका छ पेट्रोल पम्पमाथि मुद्दा दायर गरी सजाय र जरिवाना गर्नाका साथै  छ  पम्पमाथि मुद्दा दायर गरेको थियो । यसैगरी चार कम्पनीमाथि मुद्दा चलाउने प्रक्रिया शुरु गरिएको सो कार्यालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै