• २०८१ बैशाख ४ मंगलबार

लाराको रेकर्ड तोडेपछि क्रिस गेल भन्छन्- नसोचेको भयो

kharibot

काठमाडौँ । 'युनिभर्स बोस' का नामले चर्चित वेस्टइन्डिजका क्रिकेटर क्रिस गेलले एकदिवसीय क्रिकेट खेल खेल्दै नयाँ इतिहास बनाएका छन् । आइतबार गेलले भारतविरुद्ध आफ्नो तीन सयौं एकदिवसीय खेल खेलेका हुन् ।

सन् १९९९ को सेप्टेम्बरमा भारतविरुद्ध नै एकदिवसीय क्रिकेटमा डेभ्यु गरेका गेलले भारतविरुद्ध नै आफ्नो तीन सयौं एकदिवसीय खेल खेलेका छन् ।

गेलले वेस्टइन्डिजका अर्का महान खेलाडी ब्रायन लाराको २९९ खेलको रेकर्ड तोड्दै वेस्टइन्डिजबाट धेरै खेल खेल्ने र तिन सय एकदिवसीय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।

आफ्नो तीन सयौ खेलपछि गेलले यो निकै ठुलो उपलब्धि भएको बताउदै आफुले कहिल्लै पनि यँहासम्म पुग्ने बारे नसोचेको बताए । उनले इश्वरलाई धन्यवाद दिदै आफुले अहिले यसको मजा लिइरहेको बताए ।

गेलले लाराले एकदिवसीय क्रिकेटमा बनाएको १०४०५ रनको रेकर्डलाई समेत उछिन्दै गेलले १०४०८ रन बनाएका छन् ।

गेल विश्वमा तीन सय एकदिवसीय खेल खेल्ने २१औ खेलाडी बनेका छन् । एकदिवसीय क्रिकेटमा धेरै खेल खेल्ने रेकर्ड सचिन तेन्दुलकरको नाममा छ । सचिनले ४६३ एकदिवसीय खेल खेलेका छन् ।

भारतविरुद्धको टेस्ट सिरिजमा वेस्टइन्डिजको टिममा नपरेका गेल अब आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट क्यारियरमा अब आफ्नो अन्तिम एकदिवसीय खेल आगामी बुधबार खेल्ने छन् ।                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै