• २०८१ बैशाख ६ बिहीबार

यौनमा सक्रिय व्यक्तिमा हृदयघातको खतरा कम

kharibot

बेलायत । हालसालै गरिएको एक अध्ययन प्रतिवेदनले यौन जीवन र हृदयघातबाट हुने मृत्युमा गहिरो सम्बन्ध रहेको देखाएको छ । यौन जीवन सक्रिय रहने व्यक्तिमा रोगको सम्भावना पनि कम रहेको अध्ययनले देखाएको छ । 

अनुसन्धानमा ११२० जना संलग्न 

युनिभर्सिटी कलेज, लन्डनका अनुसन्धाताहरुले यौन जीवन सक्रिय रहेका व्यक्तिमा हृदयघातको समस्या कम हुने उल्लेख गरेका छन् । त्यस्तै, शोधका अनुसार यौन जीवन सक्रिय व्यक्तिलाई पहिलोपटक हृदयघात भएको छ भने, अविवाहित अथवा यौन सम्बन्ध कम रहेका व्यक्तिको तुलनामा त्यस्ता व्यक्तिको १० वर्षभित्र मृत्यु हुने सम्भावना पनि कम रहेको छ । 

अध्ययनमा ६५ वर्ष अथवा योभन्दा कम उमेरमा पहिलोपटक हृदयघातको समस्या देखिएका ११२० जना संलग्न थिए । 

यौन सम्बन्ध नराख्नेको मृत्युको सम्भावना २७ प्रतिशत बढी 

करीब २२ वर्षसम्म गरिएको यो अध्ययनको बीचमा अध्ययनमा संलग्न ११२० जनामध्ये ५२४ जनाको मृत्यु भएको थियो । हृदयघात भएको १ वर्षअघिसम्म  यौन सम्पर्क नराखेका व्यक्तिको मृत्युको सम्भावना हप्तामा कम्तीमा १ पटक यौन सम्बन्ध राखेका व्यक्तिको तुलनामा २७ प्रतिशत बढी रहेको अध्ययनले देखाएको छ । जसले हप्तामा कम्तीमा १ पटक यौन सम्बन्ध राखे, तिनीहरुको हृदयघातपछि १० वर्षभित्र मृत्यु हुने सम्भावना १२ प्रतिशत कम थियो । त्यस्तै, महिनामा कहिलेकाहिँ मात्र यौन सम्बन्ध राख्ने व्यक्तिको मृत्युको सम्भावना भने ८ प्रतिशत कम थियो । 

सेक्सुअल्ली एक्टिभ मानिस स्वस्थ रहन्छन् 

जसले हृदयघातपछि पनि यौनसम्बन्ध कायम राखे तिनीहरुको यौन र जीवनबीचको सम्बन्ध अझ गहिरो थियो । युनिभर्सिटी कलेज, लंडनमा डिपार्टमेन्ट अफ बिहेभियरल साइन्स एन्ड हेल्थका प्रमुख एन्ड्र्यु स्टेप्टोले भने, ‘जो यौन क्रियाकलापमा सक्रिय थिए, उनीहरुको एकआपसको सम्बन्ध प्रगाढ थियो भने तिनीहरुमा बुढ्यौलीको समस्या पनि कम देखिएको थियो । त्यस्तै, उनीहरु सामान्यतया स्वस्थ पनि थिए ।’

उच्च रक्तचाप, कोलस्ट्रोल र मधुमेहको खतरा 

जो यौन क्रियाकलापमा निष्क्रिय थिए, तिनीहरुमा यौनमा सक्रिय व्यक्तिको तुलनामा उच्च रक्तचाप, कोलस्ट्रोल र मधुमेहजस्ता कयौं रोग १ वर्ष अघि नै देखिने सम्भावना थियो । अथवा यौन जीवनमा सक्रिय व्यक्तिमा रोग लाग्ने सम्भावना निकै कम थियो । 

ज्याक माको सूत्र ६–६–९

केही समयअघि चिनियाँ अनलाइन कम्पनी अलिबाबाका संस्थापक तथा कार्यकारी अधिकारी ज्याक माले पनि यौनका लागि प्रेरित गर्ने एक सूत्र बताएका थिए । चीनमा ९–९–६ अर्थात् बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म हप्तामा ६ दिन काम गर्ने सूत्र निकै प्रख्यात छ । ज्याक माले पनि यसलाई महत्त्व दिँदै आएका छन् । तर, उनले आफ्ना कर्मचारीको विवाह समारोहमा उपस्थित हुँदा विवाहित जोडीलाई जीवनमा ६–६–९ को सूत्र अपनाउन सुझाएका थिए । उनले हप्तामा ६ दिन ६ पटक यौन सम्बन्ध राख्न सुझाएका हुन् । संख्या ९ ले भने चीनमा लामो अवधिको संकेत गर्छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै