काँग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

खरीबोट

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि भदौ ६ गतेसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रुपन्देही, भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो । 

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले साउन ३१ र ३२ गते पोखरा, भदौ २ र ३ गते रुपन्देही र भदौ ५ र ६ गते सुर्खेतमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । 

प्रशिक्षणमा काँग्रेसका साङ्गठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्याङ्कन तथा जनतासँग सम्पर्क र संवादजस्ता कुरालाई समावेश गरिएको सचिव आचार्यले बताए । 

प्रतिष्ठानका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसका सदस्यलाई जनतासँग आत्मीय सम्पर्क होस् भन्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । 

प्रशिक्षण पार्टी सभापति, वरिष्ठ नेता पदाधिकारी तथा केन्द्रीय नेताको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ । 
 

सम्बन्धित समाचार

भारतीय पूर्वमन्त्री तथा काँग्रेस नेता चिदम्बरम गिरफ्तार

नयाँ दिल्ली । भारतीय पुर्व अर्थमन्त्री तथा गृहमन्त्री पी चिदम्बरम गिरफ्तार भएका छन् । भ्रष्ट्राचारको आरोप लागेका चिदाम्बरमलाई भारतीय सिबिआइको टोलीले लामो रस्साकस्सी पछि अबेर राति उनकै दिल्लीस्थित घरबाट गिरफ्तार गरेको

उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँ : सभापति देउवा

पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यहाँ आज

कोलकोताको एक अदालतद्वारा शशी थरुरलाई गिरफ्तारको आदेश

नयाँ दिल्ली । भारतीय काँग्रेसका सांसद तथा पुर्व विदेश राज्यमन्त्री शशी थरुरलाई कोलकोताको एक अदालतले गिरफ्तारको आदेश दिएको छ । गत बर्ष थरुरले दिएको एक बयानका कारण अदालतले उनलाई गिरफ्तारको आदेश

काँग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि


z