• २०८१ बैशाख ८ शनिबार

चीनमा लेकिमाबाट ४४ जनाको मृत्यु, १६ जना बेपत्ता

kharibot

चीन । चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् ।

लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार नागरिक प्रभावित भएका सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

तीमध्ये १२ लाख ६० हजार नागरिक विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षितस्थलतर्फ लगिएको थियो । यस आँधीबाट २४.२२ अर्ब युआन प्रत्यक्ष रुपमा आर्थिक हानी भएको बताइएको छ ।

यस आँधीबाट दुई लाख ३४ हजार हेक्टर जमिनको बालीनाली नष्ट भएको पनि प्राप्त एक समाचारमा जनाइएको छ ।

स्थानीय समयअनुसार शनिबार दिउँसो १ः४५ बजे झेजिआङ प्रान्तको बेन्लिङ शहरमा लेकिमाको प्रवेश भएको थियो । त्यसैगरी आइतबार राती ८ बजे शानडोङ प्रान्तको किङ्गडाओमा सो आँधी प्रवेश भएको थियो ।

लेकिमाबाट शानडोङ्मा पाँच व्यक्तिको मृत्यु हुनेको साथै अन्य सात जना स्थानीय बेपत्ता भएका छन् । यस आँधीबाट सो प्रान्तमा १६ लाख ६० हजार व्यक्ति प्रभावित भएका छन् ।

सो प्रान्तमा सोमबार विहानसम्म १ लाख ८३ हजार ८०० आँधी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको प्रान्तीय सङ्कटकालीन व्यवस्थापन विभागले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै