धनुषा । धनुषामा परीक्षा अगाबै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा जनकपुरबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
परीक्षाबाट सामाजिक सञ्जाल (म्यासेन्जर) बाट प्रश्नपत्र आउट गरी फोटोकपी गराउँदै गरेको अवस्थामा प्रहरीले ३० वर्षिय लीलाराज शिवभक्तिसहित पाँच जनालाई पक्राउ गरेको हो । रामसागर रामस्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तरगत तथ्याङ्कशास्त्र बिषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
स्थानीय सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रश्नपत्र बाहिर ल्याउने घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान थालेको जनाएको छ ।