• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा सामान्य वृद्धि, गुमाउने समूहभन्दा कमाउने समूह धेरै

kharibot

काठमाडौं । नेप्से परिसूचक सामान्य रूपमा बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार शून्य दशमलव १३ अंकले बढेर १२ सय ३३ दशमलव ८५ विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १२ अंकले बढेर दुुई सय ६७ दशमलव ७२ विन्दुुमा चढेको छ । 

एक सय ७१ कम्पनीहरुको ११ हजार ६० वटा कारोबारमा १८ लाख २१ हजार आठ सय २२ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ३१ करोड ४२ लाख २८ हजार नौ सय २१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा सात वटा समूहले कमाएकाछन भने पाँच वटाले गुमाएका छन् । सोमध्ये गुमाउने समूहमा परेको वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ४२ अंकले घटेर ११ सय १२ दशमलव ५८ विन्दुमा झर्दा जलविद्युुत् समूहको सूचक दुुई दशमलव ५२ अंकले घटेर ११ सय दशमलव १९ विन्दुुमा झरेको छ । 

ट्रेडिङ, निर्जीवन बीमा र अन्य समूहको सूचक पनि घटेका छन् । विकास बैक समूहको सूचक भने पाँच दशमलव २१ अंंकले बढेर १५ सय ९६ विन्दुुमा चढ्दा लघुुबित्त समूहको सूचक पनि पाँच दशमलव पाँच अंकले बढेर १५ सय २२ दशमलव ४४ अंकमा पुुगेको छ । यसैगरी जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र सामूहिक लगानीकोष समूहको सूचक पनि बढेका छन् ।  

बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नाडेप लघुुबित्त बित्तीय संस्थाको प्र्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ८९ पैसाले बढेर पाँच सय ११ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ २६ पैसाले घटेर १३ सय ३१ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी, रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको रसुवागढी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता दुुई सय १२ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ५९ लाख तीन हजार चार सय रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै