• २०८१ बैशाख १२ बुधबार

‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक 

kharibot

काठमाडौँ । रामबाबु गुरुङ निर्देशित मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

‘कबड्डी कबड्डी कबड्डी’ शिर्षकको यो गीतमा कालीप्रसाद बास्कोटा र अनुपम शर्माको स्वर रहेको छ । यस गीतमा बास्कोटासहित अनुपम शर्मा मुख्यरुपमा फिचर्ड रहेका छन् ।   

गीतमा अहिले सुपरहिट रहेको र्यापलाई समावेश गर्नुले गीतलाई उत्कृष्ट बनाएको छ ।    

यस अघि भाद्र १३ गते प्रदर्शन हुने भनिएको यो फिल्म अब असोज ३ गतेबाट प्रदर्शनमा आउदै छ । 

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित भएर बनेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनेता दयाहाङ राई प्रमुख भूमिकामा छन् । उनको अपोजिटमा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

फिल्मका यस अघि नै सार्वजनिक टीजर र पहिलो गीत 'दुबो फूल्यो' लाई दर्शकले रुचाएको पाइएको छ ।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् ।   

‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै