• २०८१ बैशाख ६ बिहीबार

इपिएलको आयोजना मितिको घोषणा

kharibot

काठमाडौँ । नेपालको टी-२० क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) को तेस्रो सिजनको आयोजना मिति घोषणा गरिएको छ ।

इपिएलको तेस्रो सिजन आउदो फेब्रुअरी २९ देखि मार्च १४ सम्म (फाल्गुन १७ देखि चैत्र १) सम्म आयोजना हुने भएको छ ।

यस अघि डिसेम्बरमा आयोजना हुदै आएको इपिएल यस अब्र्ष फेब्रुअरीको अन्त्यदेखि सुरु हुने भएको हो । इपिएल आयोजकले सो आयोजना मितिको लागि आइसीसीसँग पनि सहमति लिने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।

यस पटक इपिएलको प्रशारण अन्तर्राष्ट्रियस्तरको बनाउन अन्तर्राष्ट्रिय प्रोडक्सनलाई भित्र्याउने विषयमा समेत छलफल सुरु भएको जानकारी दिईएको । साथै आउदो इपिएलमा सबै फ़्रेन्चाइजीले टेस्ट खेल्ने देशबाट कम्तिमा एक जना आइकोनिक खेलाडी भित्र्याउनु पर्ने नियम बनाइएकोले अन्तर्राष्ट्रिय क्रिकेटका सुपरस्टार क्रिकेटरहरु समेत आउदो इपिएलमा देख्न सकिने सम्भावना बढेको छ ।

इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आइकोनिक खेलाडीको शर्तले अन्तर्राष्ट्रिय क्रिकेटका ठुला नामहरु नेपालमा आएर खेल्ने अवस्था बनेको बताउदै अन्तर्राष्ट्रिय स्तरको लिग बनाउन सबै प्रयास गरिरहेको जानकारी दिएका छन् ।

इपिएलमा काठमाडौँ किंग्स, ललितपुर प्याट्रीयाट्स, पोखरा राइनोज, चितवन टाइगर्स, बिराटनगर वारियर्स र भैरहवा ग्लाडीयटर्स गरी ६ टिम रहेका छन् ।

२०१७ मा भएको इपिएल बिराटनगर वारियर्सले जितेको थियो भने गत सिजनको उपाधि ललितपुर प्याट्रीयटर्सले जितेको थियो ।                
                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै