• २०८१ बैशाख ७ शुक्रबार

स्वास्थ्यमा सुधार भएपछि प्रकाशमान सिंह डिस्चार्ज

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्यमा सुधार भएपछि आज डिस्चार्ज भएका छन् । गत सोमबार दिउँसो स्वास्थ्यमा समस्या भएपछि सिंह उपचारका लागि मेडिसिटी अस्पताल भर्ना भएका छन् । 

सिंहको उपचारमा डा. मिमि गिरी नेतृत्वको चिकित्सकको टोली सहभागी थियो । अझै केही दिन घरमै पुर्ण आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमाम संलग्न चिकित्सकहरुको टिम, अस्पताल ब्यवस्थापन, आफ्नो स्वास्थप्रति चासो राख्नु हुने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभचिन्तक पार्टीका नेता कार्यकर्ता, सबैप्रति हार्दिक आभारसहित धन्यवाद दिएका छन् । नेता सिंहले घर फर्के पनि केही दिन आराम गरेर पार्टीको काममा फर्किने योजना बनाएको युपी लामिछानेले जानकारी दिएका छन् ।

‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि सिंह अस्पताल भर्ना भएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै