• २०८१ बैशाख ११ मंगलबार

राप्रपाले प्रदेश २ मा ६० हजार सक्रिय सदस्य बनाउने

kharibot

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नम्बर २ मा ६० हजार सक्रिय सदस्य बनाउने निर्णय गरेको छ ।

आज जनकपुरमा बसेको प्रदेश -२ कार्य समितिको बिस्तारित बैठकले स्थानीय तहमा भएको व्यापक अनिमितता र भ्रस्टाचारको विरुद्धमा प्रदेश २ को सबै स्थानीय तहमा खबरदारी सङ्गै आन्दोलन गर्ने निर्णय गरेको छ ।

प्रदेश अध्यक्ष चन्देश्वर यादबको अध्यक्षतामा बसेको बैठकले प्रदेश -२ का सबै जिल्लाहरुमा तत्काल बिस्तारित बैठक गर्ने र पार्टी प्रवेशलाई ब्यापकता दिने निर्णय गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा पार्टीका उपाध्यक्ष महेशलाल महासेठ, प्रबक्ता सुशील श्रेष्ठ लगायत प्रदेश -२ भित्रका पदाधिकारी, केन्द्रिय सदस्य, प्रदेश कार्य समिति,  जिल्ला अध्यक्ष एबं जन बर्गिय संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै