ला लिगाको पहिलो खेलमा मेसी नखेल्ने !

खरीबोट

काठमाडौँ । लियोनेल मेसीले यस सिजनको ला लिगाको पहिलो खेल गुमाउने भएका छन् ।

हाल इन्जुरीका कारण फिटहुने क्रममा रहेका मेसीले शुक्रबार राति हुने ला लिगाको पहिलो खेल्न नखेल्ने प्रशिक्षक इर्नेस्टो भालभेर्डोले जानकारी दिएका छन् ।

भालभेर्ड़ोले शुक्रबारको खेलमा मेसी खेल्ने सम्भावना निकै कम रहेको बताए । मेसी खेल्ने अनिश्चित भएपछि बार्सिलोना मेसी बिना नै एथलेटिको बिल्बाओसँगको खेल खेल्ने तयारी गरेको छ । भालभेर्ड़ोले भने, 'मैले मेसी बिल्बाओविरुद्ध खेलुन भन्ने कामना गरिरहेको छु तर मुश्किल देखिएको छ ।'

दाहिने तिघ्रामा समस्या भएका कारण मेसी बार्सिलोनाले गरेको प्रिसिजनको अमेरिका टुरमा समेत सहभागी भएका थिएनन् । सो टुरमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई दुवै खेलमा पराजित गरेको थियो ।

बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल नेपाली समय अनुसार शुक्रबार राति १२:४५ मा खेल्दै छ ।        
               
 

सम्बन्धित समाचार

लुकाकुको पिडा : म्यानचेस्टर युनाइटेडमा मलाई ‘कलप्रिट’ बनाइयो

काठमाडौँ । इटालियन क्लब इन्टरमिलान गएका बेल्जियमका स्टार फुटबलर रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेडले आफुलाई संरक्षण नगरेको आरोप लगाएका छन् । इन्टरसँग नयाँ सम्झौता गरेपछि लुकाकुले युनाइटेडमा हारको दोष आफु माथि लगाइएको

एटलेटिको म्याड्रिडको विजयी सुरुवात, डेभ्यु खेलमा फेलिक्स घाइते

काठमाडौँ । स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिकोले गेटाफेविरुद्ध १-० को जित हासिल गरेको हो । एटलेटिकोको जितमा अल्भारो मोराटाले खेलको एकमात्र गोल

ला लिगामा रियल म्याड्रिडको विजयी सुरुवात

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न ला लिगाको पहिलो खेलमा सेल्टा डिभिगालाई ३-१ गोल नत्र्ले पराजित गर्दै रियलले विजयी सुरुवात

बार्सिलोनाद्वारा सिजनको खराब सुरुवात, लिगको पहिलो खेलमा पराजित

काठमाडौँ । स्पेनिस ला लिगाको पहिलो खेलमा गत सिजनको च्याम्पियन बार्सिलोना पराजित भएको छ । गएराती बार्सिलोनाले खेलेको एथलेटिक बिल्बाओसँग १-० गोल अन्तरले पराजित भएको हो । बिल्बाओको जितमा खेलको ८९औ


z